मालुङ्गा स्याङ्गजा सहयोग समाज युएई गठन

भुपराज बस्याल दुबई असोज १६-

रोजगारको सिलसिलामा स्याङ्गजा जिल्ला मालूँगा गाबिसबाट युएई आएका मालूँगाबासिहरुको बर दुबईमा भएको भेलाले शंकर पाण्डेको अध्यक्ष्यतामा मालूँगा सहयोग समाज युएई स्थापना गरेको छ। 

आफ्नो गाउँ आफैं बनाउँ भन्दै भेला भएका मालूँगाबासिहरुको भेलाको संयोजन शंकर पाण्डेले गरेका थिए । भेलाले पाँच महिना भित्रमा सम्पूर्ण काम सक्ने गरि तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको उपाध्यक्षमा झबिन्द्र बस्याल सचिवमा बिष्णु गैरे सह सचिवमा युवराज न्यौपाने कोषाध्यक्षमा गणेश बस्याललाई चयन गरेको छ । सदस्यहरुमा हरि गैरे, र्इश्वरमणि बस्याल, नामदेव बस्याल, राज हिस्की, नारायण पाण्डेय, बिष्णु भण्डारी रहेका छन् । सल्लाहकारमा ऋषि बस्याल, पुष्पराज तिवारी, बिष्णु अधिकारी रहेका छन् ।  

कार्यक्रममा स्याङ्गजा सहयोग समाज, यु ए ई का अध्यक्ष कृष्णप्रसाद न्यौपाने, महासचिव ऋषि बस्याल, सल्लाकारहरु भूपति न्यौपाने, बुदिजीबी बिभाग प्रमुख एकेन्द्र बहादुर थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय