काठमाडौं, असोज १५- शुक्रवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ७५ पैसा र विक्रि दर २८ रुपैंयाँ ९१ पैसा रहेको छ । यो अघिल्लो दिनको भन्दा प्रतिरियाल चार पैसा कम हो । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ५० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६७ पैसा छ । यो अघिल्लो दिनको भन्दा केहि बढी हो । साउदी रियालको खरिददर २७ रुपैंया ९२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४ पैसा रहेको छ । यो भनें अघिल्लो दिनको तुलनामा थोरै कम हो ।
मलेसियन रिंगिटको भाउ फेरी केहि घटेको छ । रिंगिटको खरिद दर २३ रुपैंयाँ ७८ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ९२ पैसा छ । यो अघिल्लो दिन भन्दा प्रति रिंगिट ७ पैसा कम हो । केहि समययता रिंगिटको भाउ लगातार ओरालो लागिरहेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ ।
शुक्रवार कुवेती दिनारको खरिददर ३४७ रुपैंया १७ पैसा छ । बहराइन दिनारको खरिददर २७७ रुपैंयाँ ३५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।