जो कुवेत र साउदीमा गरि तीन पटक बेचिइन् 

काठमाडौं, असोज १४- रोजगारीको क्रममा कुवेत हुँदै साउदी अरव पुगेकी एक नेपाली महिलाको उद्धार गरिएको छ । घरेलु कामदारको काममा साउदी पुगेकी चितवनकी अञ्जनी लावतीको उद्धार गरिएको हो । २०६९ असोज २३ गते काठमाडौंबाट कुवेत उडेकी उनले त्यहाँ १० महिना काम गरेपछि रोजगार विहिन भएकी थिइन । 

नेपालबाट खाने, बस्ने सुविधा सहित मासिक ७० केडी(नेरु २४ हजार) तलव दिइने सम्झौता गरेर कुवेत उडेकी अञ्जनीले आफूले मासिक तलव त परको कुरा कहिल्यै पेटभरी खान समेत नपाएको गुनासो गरेको नेपाली प्रवासी श्रमिक संघ (जिफण्ट सहयोग समुह), साउदी अरेबियाका संयोजक राज तामाङ बताउँछन् । श्रीमानसँग सम्वन्ध विग्रिएपछि छोरीलाई पाल्ने र पढाउने खर्च जुटाउन उनी बैदेशिक रोजगारीका लागि हिंडेकी थिइन् । 

कुवेतमा रोजगारी नपाएपछि उनलाई स्वयं उनी काम गर्ने घरका मालिकले दलालसँग मिलेर उनलाई साउदीको रियादमा एक साउदी नागरिकलाई बेचेका थिए । रियादमा ५ महिना काम गरेपछि आफूलाई साउदीकै राहिमा भन्ने ठाउँमा अर्को घर मालिकलाई बेचिदिएको उनी बताउँछिन् । राहिमामा दुई महिना काम गरेर तलब नपाए पछि तलब माग्दा शाररीक याताना दिने र यौन शोषण गर्न खोज्ने गरेको उनले गुनासो गरिन् । आफूलाई घर फर्काइदिन बारम्वार आग्रह गरेपछि घर मालिकले राहिमाको रास्तानुरा भन्ने ठाउँको एक सार्वजानिक पार्कमा राति १२ बजे ल्याएर छोडिदिएको उनी रुँदै बताउँछिन् । 

तीन दिनसम्म त्यहि पार्कमा बसेकी उनले अन्य नेपालीको सहयोगमा प्रवासी नेपाली एकता समाजका पूर्व अध्यक्ष तथा प्रवासी नेपाली मञ्च, दम्मामका अध्यक्ष कमल थापासँग सम्पर्क गरेकी थिइन् । त्यसपछि थापाले जिफन्ट सहयोग समूहलाई यसबारेमा जानकारी गराएका थिए । त्यसपछि उनलाई नेपाल फर्काउन सघाउन जिफण्ट सहयोग समुहका संयोजक तामाङ खटिएका थिए । 

उनलाई नेपाली दुतावासको जानकारीमा स्थानीय प्रहरीले एक रात थुनामा राखेर भोलीपल्ट खद्दामा सेण्टरमा पुर्याइएको थियो । हाल उनलाई नेपाल फर्काउने कानूनी प्रकृया चलिरहेको र एक हप्ता भित्रै उनी नेपाल फर्किने तामाङले बताएका छन् । 

यसअघि पनि एकपटक सन् २०१२ मा साउदीको रियादमा आएर एक विद्यालयमा केहि महिना काम गरेर नेपाल फर्केकी उनले घर विदामा आउँदा कम्पनीले दिएको भिसा हराएका कारण उनी कुवेत उडेकी थिइन् । आफू्लाई कुवेतमा राम्रो तलव दिइने आशमा विदेश पठाउने एजेण्टलाई नेपाल फर्केपछि कारवाही गराइछाड्ने अञ्जनीले अठोट गरेकी छिन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: