मलेसियामा एक नेपालीको निधन

मलेसिया : रोजगारीका सिलसिलामा मलेसियामा रहेका एक युवा सुतेकै अवस्थामा मृत भेटिएका छन् । केडाह राज्यको जित्रामा जाजरकोटका डिल्ली परियार मंगलबार ओछ्यानमा मृत भेटिएका हुन ।

जित्रामा रहेको टेस्टिवय कम्पनीमा कार्यरत रहेका परियारको शव हाल जित्रा अस्पतालमा राखिएको त्यहाँबाट संचारकर्मी रबि मगरले जनाएका छ्न । १० महिना अघि रोजगारीका लागि उनी मलेसिया आइपुगेका थिए ।

सो कम्पनीले ६० जना नेपाली श्रमिकका लागि एउटा कोठा उपलब्ध गराएको थियो । जानकारका अनुसार कोठामा अक्सिजनको मात्रा व्यवस्थापन नहुँदा मलेसियामा नेपाली श्रमिकको सुतेकै अवस्थामा मृत्यु हुने गरेको छ ।

परियारको मृत्यु पछि सो कम्पनीमा कार्यरत नेपालीहरुले कम्पनी प्रशासनसँग कोठाको उचित व्यवस्था र मेडिकलमा विशेष ध्यान दिन माग गरेका छन् ।

कम्पनीले कोठाको क्षमता भन्दा धेरै श्रमिक राख्दा समस्या उत्पन्न भएको हो ।

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: