बुधवार भन्दा थोरै बढ्यो रिंगिट, रियाल र दिरहम घट्यो  

काठमाडौं, असोज १४ विहिवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ७९ पैसा र विक्रि दर २८ रुपैंयाँ ९५ पैसा रहेको छ । यो अघिल्लो दिनको भन्दा थोरै कम हो । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ५५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७१ पैसा छ । यो पनि अघिल्लो दिनको भन्दा कम हो । साउदी रियालको खरिददर २७ रुपैंया ९६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १२ पैसा रहेको छ । यो पनि अघिल्लो दिनको तुलनामा कम हो ।   

मलेसियन रिंगिटको भाउ भनें थोरै बढेको छ । रिंगिटको खरिद दर २३ रुपैंयाँ ८५ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ९८ पैसा छ । यो अघिल्लो दिन भन्दा प्रति रिंगिट २४ पैसा बढी हो । केहि समययता रिंगिटको भाउ लगातार ओरालो लागिरहेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय