किन भयो टानमा तालाबन्दी ? 

काठमाडौं, असोज १३- २०६६ सालयता टानले मजदुरका नाममा संकलन गरेको ७ करोडको हिसाव देखाउनु पर्ने अन्यथा टिम्सको व्यवस्था खारेज गर्न युनिट्राभले माग गरेको छ । यसअघि भएको सहमति बमोजिम टिम्स वापत उठेको रकमबाट श्रमिकले कुनै सुविधा नपाएको उल्टै त्यसमा भ्रष्टाचार भएको युनिट्राभको भनाई छ । 

युनिट्राभले प्रेस विज्ञप्ती जारी गर्दै यसअघि उठाइएको रकमको हिसावकिताव माग्दा आनाकानी गरिएको, उल्टै आफ्नो संगठनलाई आक्षेप लगाइएको भन्दै त्यसलाई प्रमाणित गर्न चुनौति दिएको छ । 

विज्ञप्तीमा प्रत्येक पर्यटकबाट टिम्स वापत १० डलर तथा कम्पनी मार्फत नआएकाहरुसँग २० डलर उठाउने र सो रकम मध्ये टान, पर्यटन बोर्ड र सरकारले ३३ प्रतिशतका दरले पाउने सहमति भएको स्मरण गराइएको छ । त्यसमध्ये टानले प्राप्त गर्ने ३३ प्रतिशत मध्येबाट श्रमिकको जीवनबिमा, मेडिकल विमा, उद्धार तथा तालिम प्रशिक्षण र पर्यटन क्षेत्रको पूर्वधार विकास साथै नयाँ गन्तव्यको पहिचानमा खर्च गर्नुपर्ने उल्लेख गरिएको समेत विज्ञप्तीमा जनाइएको छ ।  

कुनै टिम्स कार्ड प्रयोग गरेको क्षेत्रमा जाँदा दुघर्टनामा परेर श्रमिक घाईते वा मृत्यु भएमा टान तथा कम्पनीले आधा आधा रकम मृतक परिवारलाई क्षतिपूर्ति तथा विमा वापत दिनुपर्ने यसअघि नै सहमति भएको थियो । यसैगरी घाईते श्रमिकको उद्धार तथा निःशुल्क उपचार खर्च गर्नुपर्ने सहमति पनि भएको थियो ।   

तर सो सहमति विपरित गत असोजमा विनाशकारी हुदहुद आँधीमा परी २४ जना नेपाली पथ प्रदर्शक श्रमिकको मृत्यु भएको एक बर्ष पुगिसक्दा पनि श्रमिकका परिवारले क्षतिपूर्ति नपाएको भन्दै युनिट्राभले टानको ध्यानाकर्षण गराएको थियो । 

सोही विषयमा यसअघि गत भदौ १० गते काठमाडौंमा टान र मजदुर संगठनबीच भएको वार्तामा असोज १० गते भित्र मृत्यु भएका श्रमिकको परिवारलाई क्षतिपूर्ति दिने सहमति गरिएको थियो । सहमति अनुरुप काम नभएमा मजदुर संगठनले टानमा तालाबन्दी गर्ने सोही बैठकमा सहमति भएको स्मरण गराउँदै युनिट्राभले सहमति कार्यान्वयन नभएका कारण बाध्य भएर तालावन्दी गर्नुपरेको विज्ञप्तीमा जनाइएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय