रिंगिटको भाउ लगातार ओरालो लाग्यो, रियाल र दिरहम पनि केहि घट्यो  

काठमाडौं, असोज १३ – बुधवार  नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ९० पैसा र विक्रि दर २९ रुपैंयाँ ६ पैसा रहेको छ । यो अघिल्लो दिनको भन्दा थोरै कम हो । खरिददरमा प्रति रियाल ६ पैसा घटेको छ । 

यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ६६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ८२ पैसा छ । यो पनि प्रति दिरहम ५ पैसा कम हो । साउदी रियालको खरिददर २८ रुपैंया ७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २३ पैसा रहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रति रिया ५ पैसा कम हो ।   

मलेसियन रिंगिटको भाउ भनें स्थीर छ । रिंगिटको खरिद दर २३ रुपैंयाँ ६१ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ७४ पैसा छ । यो अघिल्लो दिन भन्दा प्रति रिंगिट झण्डै २० पैसा कम हो । केहि समययता रिंगिटको भाउ लगातार ओरालो लागिरहेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलेसियामा रहेका नेपालीलाई चिन्तित बनाएको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय