
काठमाडौं, असोज १३- जिफन्ट सपोर्ट ग्रुप मलेशियाले गत असोज ९ गते केलाङ्ग क्षेत्रीय कमिटी गठन गरेको छ । निर्विरोध रुपमा चयन भएको क्षेत्रीय कमिटीको अध्यक्षमा तिलकबहादुर बिश्वकर्मा चयन भएका छन् । क्षेत्रीय कमिटीमा १३ जना रहेका छन् ।
नवगठित कमिटीका उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमसः देवनाथ यादव, अरुण कुमार राम, रित्यष कुमार महतो र अनिल हुसेन रहेका छन् ।
सदस्यहरुमा किरण तवहाङ्ग, श्रवण अधिकारी, सगुन श्रेष्ठ, आइत सिंह पाख्रिन, अजय कुमार यादव, बल्देही साह, बीरबहादुर गुरुङ, बृखहाङ्ग याङ्ग र सल्लाहकारमा जिनेश बिश्वकर्मालाई चयन गरिएको छ ।
सो भेलामा जिफण्ट सपोर्ट ग्रुप मलेसियाका केन्द्रिय कमिटी संयोजक बेद्कुमार खतिवडा, अध्यक्ष प्रेमकुमार मगर तथा सचिव रेवती कुमार श्रेष्ठले भेलाका सहभागीहरुलाई ट्रेड युनियनको काम र श्रमिकहरु माथि खेल्ने सहयोगी भूमिका लगायतमा जानकारी गराएका थिए । सो अवशरमा श्रम अधिकार र श्रमिकहरुले पाउने कानुनी न्यायका बिषयमा संयोजक वेदकुमार खतिवडाले प्रष्ट पारेका थिए । सचिव रेवती श्रेष्ठले जिफन्ट सपोर्ट ग्रुप मलेशियाको काम र जिफन्टको गतिबिधि बारे जानकारी गराए ।
अध्यक्ष प्रेमकुमार मगरले जिफन्ट सपोर्ट ग्रुपले स्थापना काल देखि हालसम्म आइपुग्दाको विभिन्न कठिनाईका बारेमा तथा त्यसलाई कसरी हल गरियो भनेर प्रष्ट्याएका थिए । जिफन्ट सपोर्ट ग्रुप स्थापना भएको एक दशकमा धेरै उपलव्धी हासिल भएको र अझै श्रमिकका लागि धेरै काम गर्न बाँकी रहेको मगरको भनई थियो । यसबीचमा बिभिन्न अन्तराष्ट्रिय संघ, संस्थाहरुसंग सम्बन्ध विस्तार गर्ने र नजिक भएर काम गर्ने अवशर पाएको उनले बताए । बिशेषगरी एमटियुसी र बिडब्लुआइसंगको सहकार्यले काममा धेरै सहज भएको उनको भनाई थियो । उनले मलेशियामा सकेसम्म प्रवासी नेपालीहरुको पक्षमा बोल्नु हो र उनीहरु माथि आइपर्ने कुनै पनि खतरा र समस्याको निराकरणको लागि सहयोगी भूमिका खेल्नु जिफण्ट सपोर्ट ग्रुपको जिम्मेवारी भएको उनले प्रष्ट पारे ।