
काठमाडौं, असोज १३- गैर आवासिय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा राजु क्षेत्री निर्वाचित भएका छन् । राजधानी सउलमा मंगलवार भएको निर्वाचनमा आगामी दुई वर्षका लागि उनी विजयी भएका हुन् ।
५ औं कार्यकालका लागि क्षेत्रीले ५ सय ५० मत प्राप्त गरेका थिए भने प्रतिद्धन्दी रविन तामाङले ५ सय ३८ मत ल्याएका थिए ।
त्यस्तै अन्तराष्ट्रिय समन्वय परिषदका (आइसिसि) प्रतिनिधिमा निवर्तमान अध्यक्ष विनोद कुँवर र केपि सिटौला निर्वाचित भएका छन् । सो पदका लागि खेम कार्की, प्रकाश धमला र लोचन राई सहभागी थिए ।
वरिष्ठ उपाध्यक्षमा ओमनारायण जुग्जाली, उपाध्यक्षमा लक्ष्मी गुरुङ र जुनु गुरुङ, विपिन गुरुङ, महासचिवमा दिपक पुन, सचिवमा सोगेन्द्र घले, राजु थापा, कोषाध्यक्षमा नवराज बोहोरा, सहकोषाध्यक्षमा राजेन्द्र वस्याल चयन भएका छन् ।
त्यसैगरी निर्विरोध भएका सदस्यहरुमा मुक्तकुमारी गुरुङ, साजन शर्मा, किरण अधिकारी, दिपकबहादुर थापामगर, बुद्धि गुरुङ, लोकबहादुर बानियाँ, दिनामणी पौडेल र तिर्थ घिमिरे छन् ।
कुल २३ सय ७७ मतदाता रहेको निर्वाचन प्रक्रियामा ११ सय ७५ मतदाता सहभागी भएका थिए ।