बैदेशिक रोजगारीको ठगि रोक्न एनआरएनएले मोवाइल एप्लीकेसन बनाउने 

काठमाडौं, असोज १२- बैदेशिक रोजगारीमा जान लागेका वा गइसकेका नेपालीहरुलाई ठगिनबाट जोगाउने उदेश्यले गैरआवासीय नेपाली संघले मोबाइल एप निर्माण गर्ने भएको छ । पर्याप्त सूचनाको अभावमा नेपाली कामदार माथि शोषणको सुरुवात नेपालबाटै हुने गरेको ठहर गर्दै संघले अत्यावश्यक सूचना प्रवाह गर्ने उदेश्यले मोबाइल एप निर्माण गर्न लागेको हो ।

एपनिर्माणका लागि गैरआवासीय नेपाली संघ र एसिया फाउण्डेशनबीच काठमाडौंमा सम्झौता भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष शेष घले तथा फाउण्डेशनका तर्फबाट निमित्त कन्ट्री रेप्रिजेन्टेटीभ एडवाड् ¥यान्डरसनले हस्ताक्षर गरेका छन् । 

सूचनाको अभाव तथा गलत सूचनाको संप्रेषणलाई कमगर्न, गन्तव्य मूलुकमा नेपालीभाषी कामदारसँग संवादको अवसर प्रदान गर्न र विपत्तिका समयमा उद्धारका लागि उपयोग गरिन सक्ने गरी मोवाईल एपको निर्माण हुनलागेको हो । 

यस परियोजनाका लागि पहिलो चरणमा ३१ लाखको बजेट बिनियोजन गरिएको छ र यस मध्ये झण्डै २२ लाख रुपैयाँ एप निर्माणमा खर्च गरिनेछ भने बाँकी रकम एपबारे सूचना प्रवाह प्रर्वद्धनमा खर्च गरिने छ । 

फाउण्डेसन र संघवीच भएको सम्झौताअनुसार आगामी ६ महिनाभित्रमा एप निर्माण गरि प्रर्वद्धन गरिने छ । गैरआवासीय नेपाली संघले मोवाइलएपमा राखिने अत्यावश्यक सूचना उपलब्ध गराउनुका साथै आफ्नो संजालमार्फत् प्रर्वद्धनसमेत गर्नेछ । 

फाउण्डेशनका निमित्त कन्ट्री रेप्रिजेन्टेटीभ एडवाड् ¥यान्डरसनलले यस परियोजनाले बैदेशिक रोजगारीमा गएका र जान चहानेहरुलाई धेरै सहयोग गर्ने तथा बैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सहयोग गर्ने बिश्वास ब्यक्त गरे । उनले गैरआवासीय नेपाली संघ जस्तो विश्वभर सञ्जाल भएको संस्थासँग सहकार्य गर्न पाउनु फाउण्डेसनका लागि अवसर भएको बताए । 

संघका अध्यक्ष शेष घलेले सही सूचनाको अभावमा नेपाली कामदारहरु ठगिने गरेको भन्दै एपमार्फत् रोजगारीमा जानचाहने वा गइसकेका नेपालीहरुले हातहातमै सही सूचना पाउने बताए । ‘म कुन मुलुकमा जाँदै छु, त्यहाँका नियमकानुन के हुन्, कति तलव पाइन्छ, ठगिए कहाँ कसरी सम्र्पक गरेर न्याय पाउने भन्ने सूचना नै सवैभन्दा महत्वपूर्ण हो’ अध्यक्ष घलेले भने– सूचना प्रबिधिको जमानामा हातहातमै यस्तो सूचना पु¥याउँदा धेरै समस्याको निराकरण हुने मैले बिश्वास लिएको छु ।’

बैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि यो निकै महत्वपूर्ण कदम भएको भन्दै अध्यक्ष घलेले परियोजनाका लागि सहकार्य गर्ने अमेरिकी सरकार र एशिया फाउण्डेसन प्रति आभार प्रकट गरे । 

बैदेशिक रोजगारका क्षेत्रमा सूचना प्रवाहका लागि यसरी गैरआवासीय नेपाली संघमार्फत् परियोजना निर्माण गरी काम गरिएको यो पहिलो अवसर हो । अध्यक्ष घलेले आगामी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँग साझेदारी गरी बैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न कोसिस गरिने बताए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय