
काठमाडौं, असोज १२- मंलवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ९६ पैसा र विक्रि दर २९ रुपैंयाँ १२ पैसा रहेको छ । यो सोमवारको भन्दा प्रति रियाल पाँच पैसा फरक हो ।
यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ७१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ८८ पैसा छ । यो पनि केवल विक्रि दरमा एक पैसाको फरक हो । साउदी रियालको खरिददर २८ रुपैंया १२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २८ पैसा रहेको छ । यो अघिल्लो दिनको तुलनामा केहि कम हो ।
मलेसियन रिंगिटको भाउ भनें स्थीर छ । रिंगिटको खरिद दर २३ रुपैंयाँ ८२ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ९६ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।