
काठमाडौं, असोज ११- सोमवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ९९ पैसा र विक्रि दर २९ रुपैंयाँ १६ पैसा रहेको छ । यो आइतवारको भन्दा केवल प्रति रियाल एक पैसा फरक हो । खरिददरमा भनें कुनै फेरवादल भएको छैन ।
यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ७४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ९१ पैसा छ । यो पनि केवल विक्रि दरमा एक पैसाको फरक हो । साउदी रियालको खरिददर २८ रुपैंया १५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३१ पैसा रहेको छ । यो अघिल्लो दिनको तुलनामा दुवैमा प्रतिरियाल एक पैसा मात्र बढी हो ।
मलेसियन रिंगिटको भाउ भनें स्थीर छ । रिंगिटको खरिद दर २४ रुपैंयाँ ६ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ २० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।