
काठमाडौं, असोज १०- आइतवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको भाउ अघिल्लो दिनको तुलनामा अझ थोरै बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ९९ पैसा र विक्रि दर २९ रुपैंयाँ १५ पैसा रहेको छ । यो गत शुक्रवारको भन्दा प्रति रियाल थोरै बढी हो ।
यसैगरी युएई दिरहमको पनि मूल्य थोरै बृद्धि भएको छ । राष्ट्र बैंकले तोके अनुसार दिरहमको खरिददर २८ रुपैंयाँ ७४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ९० पैसा छ । दिरहमको मूल्य पनि विहिवार भन्दा केहि बृद्धि भएको हो । यसैगरी साउदी रियालको खरिददर २८ रुपैंया १४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३० पैसा रहेको छ ।
मलेसियन रिंगिटको भाउ पनि बुधवार भन्दा पनि बढेको छ । रिंगिटको खरिद दर २४ रुपैंयाँ ६ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ २० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।