भाषा सिकाउने ठाउँबाट मानव तस्करी 

काठमाडौं, असोज ९- चितवनकी रीता (नाम परिवर्तन) चीन जाने चक्करमा काठमाडौं आइन्। चीन जान उनलाई भाषा प्रशिक्षण अनिवार्य थियो । भाषा प्रशिक्षणका लागि रीता बागबजारको एक कोरियन भाषा प्रशिक्षण केन्द्रमा पुगिन्। त्यहाँ उनीजस्ता थुप्रै युवती थिए।

रीतालाई सोलखुम्बुकी सम्झना ९नाम परिवर्तन० ले चीन जाने छोटो बाटोबारे जानकारी दिइन्। चिनियाँ नागरिकसँग विवाह गर्ने र सजिलै चीन पुग्ने उनको सुझाव थियो । सुरुमा रीतालाई डर पनि लाग्यो । कतै पैसा कमाउने चक्करमा शरीर नै बेच्नुपर्ने त होइन १

सम्झनाले रीतालाई राजधानीको चुनदेवीस्थित छेरु इन्टरनेसनल म्यारिज ब्युरोको कार्यालय पुर्‍याइन्। सामान्य कुर्तासुरुवालमा पुगेकी रीतालाई ब्युरोमा पुगेलगत्तै महँगो कुर्तासुरुवाल र मोबाइल दिइयो।

मिठो खाना र कोरियन भाषा सिक्नसमेत ब्युरोले नै पैसा लगानी गर्ने भनेपछि उनी मख्ख परिन्। रीतालाई अझ सुन्दर बनाउन ब्युरोले ब्युटिपार्लर पठायो । म्यारिज ब्युरोका नाममा उक्त संस्थाले नेपाली युवतीलाई चीन र कोरियामा ुतस्करीु गर्दै आएको थियो।

दुई महिनासम्म ब्युरोको आतिथ्यमा रमाएकी रीतालाई हेर्न कोरियाबाट एउटा टोली नेपाल आयो। तर त्यहाँ रीता मात्रै थिइनन्। अन्य नौजना युवती पनि थिए। ती युवती कोही चिनियाँ र कोही कोरियनसँग बिहे गर्न तयार थिए। 

ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट किर्ते बसाइँ सराइ दर्ताका आधारमा रीतालगायत नौजना युवतीको नागरिकतासमेत बनाइएको थियो।नेपाली युवती हेर्न कोरियाबाट आएका थिए पार्क ही च्याङ। उनले युवती हेरेपछि कोरिया र चीनमा फोटो पठाउँथे। फोटो मन परेपछि चीन र कोरियाबाट नेपाली युवती विवाह गर्न नेपाल आए।

नेपाली युवतीको राहदानी बनाउने र विदेश पठाउने जहाजको टिकट खर्चसमेत ब्युरोले गर्दै आएको थियो। रीता पनि चिनियाँ केटासँग विवाह गर्न तयार भइन्। उनी २०७१ भदौमा चीनतर्फ हानिइन्। 

रीतालाई चीनको उत्तरी प्रान्त हर्विनमा पुर्‍याइयो। गएकै दिन रीतालाई, ‘तिमीले मलाई छोरा जन्माइदिनुपर्छ’ भनियो । उनलाई पतिको नामसमेत थाहा थिएन। उनलाई दिएको आश्वासन र चीन पुर्‍याएपछि आफूमाथि भएको व्यवहार ठीक उल्टो निस्कियो। पाँच महिनासम्म रीतामाथि कुटपिट मात्रै भएन, परिवारका अन्य सदस्यले समेत यौन दुव्र्यवहार गरे। 

रीताले परिवारमार्फत सम्पर्क गरी चीनस्थित नेपाली दूतावासमा आफू बेचिएको खबर गरेपछि उनलाई दूतावासले गत वर्ष माघको अन्त्यतिर नेपाल डिपोट गर्‍यो। मासिक सयदेखि दुई सय डलर कमाउने रीताको योजना चकनाचुर बन्यो।

रीतासँग अन्य सूचना थाहा पाउन केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सोधपुछ गर्दा उनले दुःख पाएका र नेपाली युवतीलाई कसरी चीन र कोरियामा बिक्री गरिँदो रहेछ भन्ने छर्लंग भयो।

सीआईबीले छेरुमा छापा मारी म्यारिज ब्युरोकी सञ्चालक पासाङ शेर्पा भनिने छेरु शेर्पा, कोरियन नागरिक ही चाङ पार्क र नेपाली युवती खोज्ने विपिन नगरकोटीलाई पक्राउ गरेको छ। अहिले तीनैजना थुनामा छन्। म्यारिज ब्युरोमा प्रहरी पुग्दा पाँचतारे होटलभन्दा कम थिएन।

कोठाको सजावटका लागि धेरै खर्च गरिएको थियो। सीआईबीले उक्त ब्युरोमा चीन तथा कोरिया पठाउन तयारी अवस्थामा रहेका ६ जना युवतीको उद्दारसमेत गरेको थियो। 

म्यारिज ब्युरोका नाममा हुने गरेको नेपाली युवती तस्करीको घटनामा रीता एउटा प्रतिनिधि पात्रमात्रै हुन्।उनले सीआईबीमा दिएको बयानअनुसार दर्जनौं युवतीलाई चीन तथा कोरियामा यसैगरी बिक्री गरिएको छ।

मानव तस्कर गिरोहले नेपाली युवती तथा महिलालाई वस्तुझैं व्यापार गर्न अनेक धन्दा अपनाइरहेका छन्। सीआईबीले पहिलोपटक म्यारिज ब्युरोमा छापा मारेपछि अन्य म्यारिज ब्युरोको खोजी सुरु गरेको थियो।

प्रहरी अनुसन्धानले उपत्यकामा मात्रै ८३ वटा म्यारिज ब्युरो खोल्न अनुमति पाएको देखाएको छ। अनुमति लिएका कार्यालय भने अधिकांश स्थापना भएका थिएनन्। गोप्य रूपमा सञ्चालित त्यस्ता म्यारिज ब्युरोमा प्रहरीले निगरानी बढाएको छ।

एसपी बज्राचार्यका अनुसार केही दिनअघि मात्रै तीनजना नेपाली युवती रीताको जस्तै यातना सहेर चीनबाट नेपाल फर्किएका छन्। तर उनीहरु प्रहरी सम्पर्कमा आएका छैनन्। ुछिटो पैसा कमाउने आशा बाकेका र गरिबीको चपेटामा परेका त्यस्ता युवती तथा महिला छिटो दलालको नजरमा पर्छन्।

‘अनेकौ आश्वासनमा रमाईरमाई खाडी मुलुकसँगै चीन, कोरिया र अफ्रिकी मुलुकमा पुगेका सयौं महिला अहिले शारीरिक तथा मानसिक यातनाबाट प्रताडित छन्’, एसपी बज्राचार्यले भनिन्।

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय