रियाल, दिरहम, रिंगिट सवैको मूल्य बृद्धि 

काठमाडौं, असोज ७- विहिवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको भाउ अघिल्लो दिनको तुलनामा अझ केहि बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ९५ पैसा र विक्रि दर २९ रुपैंयाँ १२ पैसा रहेको छ । यो विहिवारको भन्दा प्रति रियाल थोरै बढी हो । 

यसैगरी युएई दिरहमको पनि मूल्य थोरै बृद्धि भएको छ । राष्ट्र बैंकले तोके अनुसार दिरहमको खरिददर २८ रुपैंयाँ ७१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ८७ पैसा छ । दिरहमको मूल्य पनि विहिवार भन्दा केहि बृद्धि भएको हो । यसैगरी साउदी रियालको खरिददर २८ रुपैंया १२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २८  पैसा रहेको छ । 

मलेसियन रिंगिटको भाउ पनि बुधवार भन्दा पनि बढेको छ । रिंगिटको खरिद दर २४ रुपैंयाँ २६ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ४० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय