मलेसियामा २९ नेपालीद्धारा न्याय दिलाइदिन अपिल  

काठमाडौं, असोज ८ -मलेसियाको सिमेनियाह, कजाङमा रहेको एक सिलिङ(सेतो सिमेण्ट) कम्पनीमा कार्यरत २९ जना नेपालीले आफूहरुलाई कम्पनीले ठगि गरेको भन्दै सहयोगको आग्रह गरेका छन् । उनीहरुले आफूहरुले दैनिक १० देखि १२ घण्टासम्म काम गर्दा पनि कम्पनीले दिनमा २० देखि ३० रिंगिट मात्र दिने गरेको गुनासो गरेका छन् । 

जिफण्ट सपोर्ट ग्रुप मलेसियामा आइपुगेको सो गुनासोलाई एमटीयूसी, सुवाङजयामा दर्ता गरिएको छ । नेपाली श्रमिकको सो निवेदन पश्चात एमटीयूसीको प्रवासी श्रमिक डेस्कले गरेको टेलिफोन सम्पर्कमा कम्पनी व्यवस्थापनले यस बारेमा कुरै गर्न नचाहेको जनाइएको छ । 

लगत्तै बाङ्गिमा रहेको जिल्ला श्रम विभाग प्रमुखलाई एमटीयूसीका शिक्षा विभाग प्रमुख सोमा सुन्दरमले यसबारेमा जानकारी गराएको र विभागले प्रमाण सहित कम्पनी विरुद्ध उजुरी हाल्न सुझाव दिएको एमटीयूसीले जनाएको छ । कम्पनीले अझै पनि वेवास्ता गरेमा कारवाही प्रकृया अघि बढाउने सुन्दरमले बताएका छन् । 

नेपाली र बंगलादेशी नागरिक कार्यरत सो कम्पनीले निश्चित ‘टार्गेट’ दिएर काममा लगाइरहेको नेपाली कामदार यम मगरले बताएका छन् । कम्पनीले रकममा ठगिरहेको, विदाको दिन काम गरेवापत रकम नदिने गरेको र कार्यस्थलमा कम्पनी म्यानेजरले कामदारलाई हातपात गर्ने गरेको मगरको भनाई छ । सो कम्पनीमा कार्यरत नेपालीहरु अञ्जली ओभरसिज मार्फत मलेसिया गएका हुन् ।  

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय