रियालको बढ्यो भाउ, रिंगिटमा लगातार गिरावट 

काठमाडौं, असोज ७- विहिवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको भाउ अघिल्लो दिनको तुलनामा अझ केहि बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ८९ पैसा र विक्रि दर २९ रुपैंयाँ ६ पैसा रहेको छ । यो बुधवार भन्दा प्रति रियाल थोरै बढी हो । 

यसैगरी युएई दिरहमको पनि मूल्य थोरै बृद्धि भएको छ । राष्ट्र बैंकले तोके अनुसार दिरहमको खरिददर २८ रुपैंयाँ ६५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ८१ पैसा छ । दिरहमको मूल्य पनि बुधवार भन्दा केहि बृद्धि भएको हो । यसैगरी साउदी रियालको खरिददर २८ रुपैंया ६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २२  पैसा रहेको छ । 

मलेसियन रिंगिटको भाउ भनें बुधवार भन्दा पनि घटेको छ । रिंगिटको खरिद दर २४ रुपैंयाँ २१ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ३५ पैसा छ । यो अघिल्लो दिनभन्दा कम हो । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय