
काठमाडौं, असोज ७- एनआरएनए एनसिसी साउदीका संस्थापक, पुर्व अध्यक्ष (लगातार २ कार्यकाल), प्रमुख सल्लाहकार धरम के.सी.ले गैर आवासीय नेपाली संघको सातौं अन्तराष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । केसी वर्तमान आइसिसीका सल्लाहकार तथा आइसिसीकै बिधान संशोधन तथा नियमावली निर्माण समितिका सह संयोजक पनि थिए ।
साउदी अरबमा आयोजित एक कार्यक्रमका बीच केसीले उम्मेदवारी घोषणा गरेका हुन् । खाडीमा बिगत २३ बर्षदेखि रोजगाररत के.सी.ले यस संस्थाका माध्यमबाट प्रबासी नेपाली श्रमिकहरूका हक हित, न्याय र सुरक्षाका लागि निरन्तर आवाज बुलन्द गर्दै आएका छन् । संस्थालार्इ कामदारमैत्री बन्न बनाउन, कामदारहरूका पक्षमा देखिने र अनुभूति गर्नेगरी काम गर्न दबाव दिदै यदाकदा संस्थाभित्रकै कमि कमजोरीप्रति पनि कलम चलाउने खरो स्वभावका के.सी. पछिल्लो समय सल्लाहकार मात्र रहेको अवस्थामा पनि लगातार ४० हप्तासम्म एमआरपी सहजिकरणमा स्वयमसेवक बन्दै नेपाली कामदारहरूलार्इ प्रत्यक्ष सघाएर समाज सेवाको ज्वलन्त उदाहरण पेश गरेका थिए ।
उनले आफू बिजयी बनेमा बैदेशिक रोजगार, संस्थागत बिकास, लगानी, अधिकार र भुकम्प पछिको पुनर्निर्माणमा ठोस काम गरेर देखाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
पढ्नुहोस् केसीको घोषणापत्र