नेपाली महिलाले शुक्रवार भरिन्छ ईराकको एउटा पार्क 

काठमाडौं, असोज ७ वैदेशिक रोजगारीको आवरणमा मानव तस्कर समूहको सक्रियता भारतको दिल्ली विमानस्थलमा बढेपछि नेपाल–भारत गृहअधिकारीबीच एक वर्षअघि स्थलमार्गबाट दिल्ली पुगेकाहरूले नेपाली दूतावासमार्फत ‘नो अब्जेक्सन लेटर’ नलिएसम्म हवाइमार्ग प्रयोग गर्न नदिने सहमति भएको थियो।

उक्त सहमति कार्यान्वयनपछि पनि गिरोहले नेपाली युवती खाडी र अफ्रिकी राष्ट्रमा जोखिमपूर्ण काममा लैजान भारतीय विमानस्थलको नियमित प्रयोग गरिरहेको एक महिनाअघि खुलेको थियो।

साउन १० मा दिल्ली विमानस्थलमा फेला परेका सात युवती पक्राउपछि भारतीय प्रहरीले नेपालबाट स्थलमार्ग हुँदै भारत पुर्याएर त्यहाँका विमानस्थल कर्मचारीसँग सेटिङ मिलाएर अन्तर्राष्ट्रिय उडानबाट विदेश लैजाने गरेको खुलाएको थियो।

विमानस्थलबाट नियन्त्रणमा लिइएका महिलाले दिएको जानकारीका आधारमा प्रहरीले दिल्लीका विभिन्न होटलमा छापा मारी थप २० नेपाली युवतीको उद्धार गरी नेपाल फर्काएको थियो।

नेपाल फर्काइएका युवतीबाट सूचना लिएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बेचबिखनमा संलग्न सुजिल राई र राजबाबु श्रेष्ठलाई पक्राउ गरेको थियो। भारतमा सोही आरोपमा ईश्वर न्यौपाने र विष्णु तामाङ पनि पक्राउ परेका थिए।

फर्काइएका नेपाली युवतीमध्ये केही यसपूर्व पनि इराकको कुर्दिस्तान पुगेर यस्तै जोखिमपूर्ण काम गरेर फर्केका समेत थिए। स्वदेश फर्केको केही समयपछि उनीहरू फेरि त्यसैगरी जोखिमपूर्ण बाटोबाट द्वन्द्वग्रस्त क्षेत्र जान दलालको पछि लागेको खुलेको थियो।

यसरी फर्केका महिलाबाट प्रहरीले कुर्दिस्तानको सुलेमानिया सहरमा मात्र करिब ३ हजार नेपाली महिला रहेको जानकारी पाएको थियो। सुलेमानियामा शुक्रबार नेपाली महिला भेला हुने नेपाली पार्क नै रहेको खुलेपछि अनुसन्धानमा संलग्न ब्युरोका प्रहरी छक्क परेका थिए।

ती महिलाका अनुसार हरेक शुक्रबार त्यहाँ रहेको एक पार्क नेपाली महिलाले भरिन्छन्। स्थानीयले पार्कको नामै नेपाली पार्क राखेका छन्।

‘कुर्दिस्तान आइएसआईबाट प्रभावित जोखिमपूर्ण क्षेत्र भए पनि त्यहाँ नेपाली युवती पुग्ने क्रम रोकिएको देखिएन’ ब्युरोका डिआइजी हेमन्त मल्लले भने, ‘यसअघि उद्धार गरिएकाले दिएको जानकारीअनुसार त्यहाँ अझै ३ हजारजति नेपाली युवती घरेलु कामदारका रुपमा काम गरिरहेका छन्।’

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय