काठमाडौं, असोज ६- भारतमा ३ सय ६८ पदका लागि गरिएको विज्ञापनमा २३ लाख व्यक्तिको आवेदन परेपछि सो विज्ञापन नै रद्ध गरिएको छ ।
लखनउ सचिवालयले गत अगष्ट महिनामा सो विज्ञापन खोलेको थियो । कक्षा ५ उत्तिर्ण व्यक्तिले आवेदन दिन सक्ने चपरासी पदका लागि २३ लाख आवेदन परेको थियो । रोचक कुरा के छ भनें सो पदका लागि आवेदन दिने मध्ये ५ कक्षा उत्तिर्णको संख्या साह्रै थोरै थियो भनें विटेक, एमविए, पिएचडी गरेका व्यक्ति धेरै थिए । सो पदका लागि २ सय ५५ जना त पिएचडी गरेका व्यक्तिले आवेदन दिएका थिए ।
सो विज्ञापनको अन्तर्वार्ता सुरु गरेमा चार बर्ष भन्दा बढी समय लाग्ने भएकाले विज्ञापन नै रद्ध गरिएको हो । सो पदका लागि पुनः विज्ञापन गर्ने सरकारी तयारी छ ।