मलेसियामा १८ हजार रिंगेट उठाएर एक नेपाली फरार

बलराम भट्ट, मलेसिया, असोज ६- मलेसियामा एक नेपाली साथीहरुसँग उठाएको रकम लिएर फरार भएका छ्न । जोहर राज्यको मुहारमा रहेको होम सोफा कम्पनीमा कार्यरत महोत्तरीका दिनराज पाण्डे आफूसंगै काम गर्ने साथीहरुको करिब १८ हजार रिङेट(झण्डै नेरु ४ लाख ३२ हजार) लिएर फरार भएका हुन् । 

पाण्डेले एक साता अघि साथीहरुबाट सापटी बापत सो रकम लिएका थिए । ७ बर्ष देखि संगै काम गर्दै आएको र कम्पनिको लिडर जस्तो काम गरिरहेकाले बिश्वासमा रकम सापटी दिएको बाग्लुङका झपेन्द्र खडकाले जानकारी दिए । पाण्डेले घरमा अति आवश्यक काम परेको भन्दै उनी कार्यरत कम्पनीका साथीहरुसंग पैसा सापटी लिएका थिए । 

साथीको बिश्वास लागेर बैंक कार्ड दिएको उनी नै लापता भए पछि समस्या थपिएको पिडित मध्येका दिल बहादुर मगरले बताए । पाण्डेले नेपाली दूतावास मलेसियाबाट यात्रा अनुमती पत्र बनाइसकेको दुतावास श्रोतले जानकारी दिएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय