जनवरीमा ईजरायल जान सक्छन् पहिलो ‘लट’

काठमाडौं, असोज ६ -बैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि आकर्षक मानिएको ईजरायल जान चाहने नेपालीले अझै केहि महिना कुर्नुपर्ने भएको छ । बैदेशिक रोजगार विभागका अनुसार कामदार छनौटको प्रकृया लामो भएका कारण अझै केहि महिना लाग्ने देखिएको हो । 

बैदेशिक रोजगार विभागका प्रवक्ता जनकराज रेग्मीका अनुसार हाल यसअघि नै तालिम लिएका व्यक्तिको नामावली संकलन गरी रोष्टर बनाउने काम चलिरहेको छ । त्यसबाहेक खासै कुनै प्रगति नभएको र अर्को हप्तासम्ममा नयाँ योजना सार्वजनिक हुने रेग्मीले बताए । 

ईजरायलबाट नै आएर कामदारको छनौट गर्ने र तालिम समेत हुने भएका कारण यकिन भन्न नसकिएपनि जनवरीमा पहिलो लट नेपाली ईजरायल जान सक्ने अनुमान गरिएको छ रेग्मीले भने । 

आकर्षक कमाई हुने भएका कारण र पछिल्लो समयमा सरकारीस्तरबाट नै कामदार पठाइने भएका कारण ईजरायल अर्को आकर्षक गन्तव्यमुलुक देखिएको छ । यसअघि पनि नेपाली कामदार ईजरायल जाने गरेको भएपनि म्यानपावर कम्पनीले लाखौं असुलेपछि ईजरायलले नेपालबाट कामदार लिन बन्द गरेको थियो । ईजरायलमा मुख्य गरी बृद्धबृद्धालाई सेवा स्याहार गर्ने(केयर गिभर) को रोजगारीमा जाने गर्दछन् । यसैगरी कृषिको काम पनि इजरायलमा आकर्षक मानिन्छ ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय