स्याउ बेचेरै ८० करोड

कालिकोट, असोज ६- कर्णाली अञ्चलको कालिकोट र जुम्ला, मुगुबाट ८० करोड हाराहारीको स्याउ बिक्रि, भएको छ । यहाँका किसानहरु पछिल्लो चरणमा स्याउ खेती प्रति आक्रषित भएका कारणले स्याउबाट राम्रो आम्दानी हुन् थालेको हो ।

यस बर्ष जुम्लाका किसानहरुले स्याउ बिक्रिबाट राम्रो आम्दानी गरेका छन् । जिल्ला कृषि कार्यालय जुम्ला अनुसार भदौ महिनामा स्याउबाट ३० करोड ३ लाख ४५ हजार रुपैयाँ किसानहरुले आम्दानी गरेको जनाएको छ । 

जुम्लाबाट अन्य जिल्लामा निकासी भएको ८ सय ६७ मेट्रिक टन स्याउ निकासी भएको त्यसको प्रतिकेजी ३५ रुपैयाँका दर निकासी हुदाँ यो आम्दानी भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बिष्णुबहादुर महतले बताए । ‘८ सय ६७ मेट्रिक टन स्याउबाट ३० करोड ३ लाख ४५ हजार रुपैयाँ भित्रिएको छ ।’ उनले भने,–‘यो जिल्लामा स्याउ बिक्रिका सिफारिस लिन आउने किसानको आंकाडामा तयार भएको हो ।’

जिल्लाबाट स्याउ बिक्री लागि सिफारिस नलिएर पनि स्याउ बिक्रि गर्ने गरिएको र आम्दानी अझैँ धेरै भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक खेमराज शाहीले बताए । ‘सिफारिस नलिएर पनि किसानहरुले बिक्रि गर्ने गरेका छन्’ उनले भने,–‘जुम्लामा मात्र २० हजार मेट्रिक टन स्याउ फलेको छ । त्यो रकम हेर्दा अझ बढी रुपैयाँ आम्दानी भएको छ ।’

हालसम्म जिल्ला कृषि विकास कार्यालय जुम्लाबाट १ सय ६२ जना किसानले स्याउ बिक्रिका लागि सिफारिस लिएका छन् ।

जिल्ला कृषि विकास कार्यालय कालिकोटका अनुसार कालिकोटमा यस बर्ष १६ हजार मेट्रिक टन स्याउ उत्पादन हुने लक्ष्य राखिएको भएपनि असिनापानी अन्य कारण यस बर्ष ७ हजार मेट्रिक स्याउ उत्पादन भएको जनाएको छ । यस बर्षको भदौं महिनामा ६ सय मेट्रिक टन स्याउ बिक्रि भएको अनुमान गरिएको छ । त्यसबाट कालिकोटका स्याउ किसानहरुले २१ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयमा किसानहरु स्याउ बिक्रिका लागि किसानहरुले सिफारिस लिने चलन नभएका कारणले स्याउ कति बिक्रि भयो भन्ने कुरा जानकारी नभएको निमित्त कृषि विकास प्रमुख परशुराम काफ्लेले बताए । ‘कालिकोटमा स्याउ प्याकिङ्ग गर्न किसानले कार्टुनहरुको माग गरेको भएपनि अझैँसम्म जिल्ला कृषि विकास कार्यालयमा आइपुगेका छैनन् । जिल्ला कृषि विकास कार्यालय कालिकोटसँग २५ जना किसानले ३ सयका दरले स्याउको कार्टुुन माग गरेका थिए ।’ उनले भने,–‘बिक्रि भएको स्याउ कति मेट्रिक टन बिक्रि भयो । त्यसको तथ्याङ्क अहिले लिएका छैनौं ।’

जिल्ला कृषि विकास कार्यालय कालिकोटका निमित्त प्रमुख काफ्लेले स्याउका कार्टुनको माग किसानले गरेको र त्यो एक दुई दिन भित्र आइपुग्ने बताए ।

कृषि विकास कार्यालय मुगुका अनुसार गत बर्ष १ हजार मेट्रिक टन स्याउ उत्पादन भएको भएपनि यस बर्ष  दोब्बर १६ हजार मेट्रिक टनभन्दा माथि स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालय मुगुले किसानहरुले स्याउ बिक्रिबाट राम्रो आम्दानी लिएको भए पनि एकिन तथ्याङ्क थाहा नभएको जनाएको छ ।

जुम्ला, कालिकोट र मुगुमा ‘ए’ ग्रेडको स्याउ जुम्लामा प्रति केजी ३५ रुपैयामा कारोबार हुने गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक शाहीले बताए ।

यो समचार कारोवार दैनिकमा रमेश रावलले लेखेका हुन् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय