दोहा, असोज ४ -कतारमा दुर्इजना नेपालीको सुतेको अवस्थामा मृत्यु भएको छ । थाउजेनड रेन्टकार कम्पनीमा स्कुल बसको हेल्परको काम गर्ने उदयपुर बल्मता ९ का ४० बर्षिय तुलसीराम रार्इको सुतेको ठाउँमा नै मृत्यु भएको हो । बेलुका खाना बनाइ खाएर उनी सुतेका थिए । बिहान अरु साथीहरुले उठाउन खोज्दा आफ्नै बेडमा उनको निधन भइसकेको थियो । राई ५ महिना अघि कतार आएका थिए । उनका तीन छोरी तीन छोरा छन् भने माहिला छोरा कतारमा नै रहेको चन्द्र रार्इले बताएका छन् ।
हाल उनको शव कतारको हमाद हस्पिटलमा राखिएको छ भने कम्पनीले घर पठाउनको लागि आवश्यक कागजात तयारी गरे पनि हस्पिटलबाट रिपोर्ट आइपुग्न ढिला भएकोले रिपोट आउनसाथ उनको माहिलो छोरा मार्फत शवलाइ नेपाल पठाउने तयारी गरेको कम्पनले जनाएको छ ।
यता गल्फार अल मिस्नाद कम्पनीमा कामगर्ने मोरंग का २७ बर्षिय जरिया चौधरीको पनि गत शुक्रबार सुतेकै अवस्थामा मृत्यु भएको छ । डेढ महिना अघि मात्रै कतार आएका चौधरी गल्फार अल मिस्नाद कम्पनिमा हेल्परको काममा आएका हुन् । उनको एक नाबालक छोरी र श्रीमती अनि आमा मात्रै घरमा रहेका छन् । कम्पनीका अनुसार उनको शव पोस्टमास्र्टम गरि हस्पिटलबाट रिपोर्ट आइपुगेको छ र शवलाई नेपाल पठाउने प्रकृयामा रहेको छ ।