बलराम भट्ट/मलेसिया, असोज ३ -मलेसियामा नयाँ संविधानको स्वागत गरिएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा केहि समय अघि कार्यक्रम आयोजना गरि नयाँ संविधानलाई स्वागत गरिएको हो । सो समारोहमा मलेसियाका लागि नेपाली राजदुत निरञ्जनमानसिंह बस्नेत लगायत सहभागि थिए ।
कार्यक्रमको आयोजना नेपाली जनप्रगतीसिल मञ्च, प्रबासी नेपाल मञ्च, मलेसिया, नेपाली जनसम्पर्क मञ्च, मलेसियाले आयोजना गरेका हुन् । यी नेपालका मुख्य तीन राजनीतिक दलका भातृ संस्था हुन् ।
कार्यक्रममा बोल्दै मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमान सिंह बस्न्यातले सबै नेपाली रहेका आफ्नो होस्टेलमा पनि दिपावली गर्न आग्रह गरेका थिए ।
सो अवशरमा बोल्दै नेपाली कांग्रेसका प्रवास कमिटी नेपाली जनसम्पर्क मञ्चका अध्यक्ष चोलाकान्त पंगेनीले तीन दल अव सबै ठाउँमा मिल्दै ऐतिहासिक सफलता जनतालार्इ दिदै जानुपर्ने धारणा राखे । यसरी मिलेमा समुन्नत नेपालको निर्माण गर्न धेरै समय कुर्नु नपर्ने उनको धारणा थियो ।
यसैगरी नेकपा एमालेको प्रवास कमिटी नेपाली प्रवासी मंञ्चका अध्यक्ष राजेन्द्र भण्डारीले पनि स्वागत समारोहमा बोल्दै आजको दिनलाई गौरवमय दिनका रुपमा प्रष्ट पारे ।
यसैगरी स्वागत समारोहलाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादीका प्रवास कमिटी नेपाली जनप्रगती मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डेले पनि नेपालीका लागि यो ठूलो खुसीको विषय रहेको र यसका लागि धेरै त्याग र तपस्या गर्नु परेको बताए ।
सवै तस्वीरः बलराम भट्ट, मलेसिया