काठमाडौं, असोज ३- अवको केहि वेरमा नेपालको संविधान २०७२ जारी हुँदैछ । मुख्य गरी तराईका जिल्लाहरुमा मधेसवादी दलहरुको आव्हानमा जारी आन्दोलनलाई निरन्तरता दिंदै विरोध प्रदर्शन भइरहेका छन् । जारी हुने नयाँ संविधान जलाउने सम्मका विरोध कार्यक्रमका बीच दिपावली गर्न मुख्य राजनीतिक दलहरुले आव्हान गरेका छन् ।
बेलुकी ५ बजे राष्टपति डा. रामवरण यादवले सम्वोधनसँगै नेपालको संविधान २०७२ जारी गर्ने कार्यक्रम छ । संविधान जारी भएसँगै नेपालमा एकदशक बढी समययता जारी राजनीतिक संक्रमणकाल सकिएर नयाँ युग सुरु हुनेछ । अवको समयमा विरोध कसरी सम्वोधन होला ? के नेपालका तराई मधेस केन्द्रीत दलहरु मुख्य राजनीतिक दलहरुसँग छिट्टै सहमतिमा आउलान् ? त्यो कति सहज ढंगले अघि बढ्ला ? नेपालको भविष्य मुख्य त्यहि विषयमा आधारित रहनेछ ।
संविधान जारी हुनु केहि घण्टा अगाडी संविधानसभा भवन नयाँ बानेश्वर र त्यस आसपासमा श्रमिकहरु कसरी आफ्नो दिनचर्यामा छन् ? देशपरदेशका स्तम्भकार/सम्वाददाता चर्चित ढुँगेलका क्यामेराले कैद गरेका केहि तस्वीरहरु