१० लाख बचत अफर

काठमाडौं, असोज ३ -आईएमई लिमिटेडले नजिकिँदो दसैंतिहारलाई लक्षित गरेर सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना ुआईएमई बचत दस लाखु सार्वजनिक गरेको छ। 

असोज १ देखि कात्तिक ३० सम्म सञ्चालन हुने ‘आईएमई बचत १० लाख’ योजनामा नेपालका एक सय ३५ आईएमई सेन्टरसहित तीन हजार सात सयभन्दा बढी रेमिट्यान्स भुक्तानी काउन्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन्। 

योजनाबाट श्रम एवं विभिन्न उद्देश्यले प्रवासमा रहेका नेपालीलाई आईएमईमार्फत आफ्नो मेहनतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाई उपहार पनि प्राप्त गर्ने अवसर प्रदान गर्ने विश्वास आईएमईले लिएको छ।  

त्यो योजनामा स्वदेश/विदेशबाट आईएमई गर्नेको हकमा दैनिक लक्की ड्रमा विजयी हुनेलाई पाँच हजार, साप्ताहिक लक्की ड्रमा विजयी हुनेलाई ५० हजार पुरस्कारको बचत खाता र बम्पर लक्की ड्रमा विजयी हुने एक भाग्यशाली विजेतालाई १० लाख रुपैयाँको मुद्दती खाता खोल्ने अवसर प्रदान गरिनेछ।

त्यो योजनामा पैसा पठाउने सेवाग्राहीमध्येबाट ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयरका माघ्यमबाट विजेता छानिनेछ। योजनाको बैंकिङ साझेदार ग्लोबल आईएमई बैंक हुनेछ। 

लक्की ड्रको नतिजा यस कम्पनीको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल एवं विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय