कोरियाली भाषा परिक्षामा पहिलो दिन ३ हजार परिक्षा दिन आएनन् 

काठमाडौं, असोज ३- कोरियाली भाषा परीक्षामा पहिलो दिन झण्डै ३ हजार परिक्षार्थी अनुपस्थीत भएका छन् । शनिबार २२ हजार ६ सय ११ परीक्षार्थी सहभागी भए । शनिबारका लागि कुल २५ हजार पाँच सय ७० जना परिक्षार्थी तोकिएका थिए । परिक्षा आइतवार पनि जारी छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामदार कोरिया पठाउन लिइएको यो छैटौं परीक्षा हो। यसपटक राजधानी बाहिर पोखराबाट पहिलोपटक परिक्षा सञ्चालन भइरहेको छ । पोखरामा तीन र काठमाडौंमा १५ वटा गरी कुल १८ वटा परीक्षा केन्द्र छन् । 

यसपटकको परीक्षाका लागि कुल ५१ हजार एक सय ३७ जनाले आवेदन फारम भरेका छन्। यसमध्ये पोखराबाट चार हजारले फारम भरेका हुन् ।  

परीक्षा सञ्चालन गर्न एचआरडी कोरियाका उपाध्यक्षको नेतृत्वमा ५२ जनाको टोली नेपाल आएको छ। टोली काठमाडौं र पोखरामा परिचालित भएको छ। दक्षिण कोरिया नेपाली कामदारका लागि रोजगारीको आकर्षक गन्तव्य हो। त्यहाँ मासिक न्यूनतम एक लाख नौ हजार रूपैयाँ कमाइ हुन्छ। हाल करिब २८ हजार नेपालीले कोरियामा काम गरिरहेका छन्। कृषि र उद्योगमा नेपालीले काम गरेका छन्।

ईपीएसमा दुवै देशले सरकारी तवरमा कामदार पठाउने र लिने गर्दैआएका छन्। कोरियाले नेपालसहित विभिन्न १५ वटा मुलुकबाट विदेशी कामदार लिने गरेको छ। 

विगतमा गएका कामदारको कार्यशैलीबाट रोजगारदाता सन्तुष्ट भएका छन्। पछिल्लो समय अवधि सकिएपछि पनि बस्नेक्रम बढेकाले त्यहाँ अवैध नेपालीको संख्या भने बढ्दोक्रममा छ।

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय