
काठमाडौं, असोज २- बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको लभ अफेयर निकै रोमाञ्चक चलिरहेको खबरले बलिउडमा चर्चा पाएकै हो । यो जोडीको झनै चर्चा चलेको छ, जब रणवीरले प्रियंकासँगको सम्बन्धबारे खुलस्त पारिदिए ।
मडियासामु रणवीरले भनेका छन्, ‘म पूरै जिन्दगीभर दीपिकालाई कुर्न तयार छु ।’ रणवीरले दीपिका निकै राम्री भएको भन्दै प्रशंसा गरे । उनले मिडियासामु बोलिरहँदा साथमै रहेकी दीपिकाले पनि सुनिरहेकी थिइन् ।
दीपिकाले तुरुन्तै सञ्चारकर्मीलाई आग्रह गरिन्, ‘यिनलाई सोध्नुस् न, कहाँ कुर्ने ? रेस्टुरेन्टमा, ट्रेन स्टेसनमा या अन्यत्र कहीँ ?’ रणवीर पनि के कम, तुरुन्त सफाइ दिए, ‘तपाईंहरू (सञ्चारकर्मी) बिहानदेखि मलाई कुर्न सकिरहनुभएको छ भने म पनि दीपिकालाई जिन्दगीभर कुर्न सक्छु ।’