
काठमाडौं, असोज २- केहि वर्षयता धेरै नेपालीको रोेजगारीको मुख्य गन्तव्य मलेसिया हो । त्यसपश्चात कतार, साउदी अरव, युएई, कुवेत लगायतका देश हुन् । अनुमानित ३० लाख नेपाली विदेशमा कार्यरत रहेकोमा बहुसंख्यक खाडीका देशहरु कतार, साउदी, युएई, कुवेत, बहराइन, ओमनमा छन् । त्यसैले खाडीका देशमा हुने तलव वृद्धि धेरै नेपालीका लागि चासोको विषय हो ।
सन् २०१६ मा खाडीका देशमा कति तलव वृद्धि होला भन्ने जिज्ञासा अहिले धेरैको मनमा छ । हालै खाडीका मुलुकमा रहेका ६ सय कम्पनीहरु वीच गरिएको सर्वेक्षणले खाडीका मुलुकमा रहेका कम्पनीहरुले सरदर तलव वृद्धिको यस्तो योजना बनाएको देखिएको छ ।