यसबर्षको ईपिएस परिक्षा सुरु 

काठमाडौं, असोज २- कोरियाली भाषा परिक्षा(इपिएस) परिक्षा सुरु भएको छ । परिक्षा शनिवार र आइतवार दुई दिन हुनेछ । यसपटक काठमाडौंसँगै पोखराबाट पनि परिक्षार्थीले परिक्षा दिइरहेका छन् । 

ईपिएस शाखाका अनुसार यसपटकको परीक्षामा ५१ हजार १ सय ३७ जनाले आवेदन दिएका छन् । ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाका अनुसार यसपटक परिक्षाका लागि पोखरामा तीन र काठमाडौंमा १५ वटा गरी १८ वटा परीक्षा केन्द्र छन् ।  

दुवै दिन पहिलो सिफ्ट बिहान ८ः३० मा सुरु भएको परिक्षा ११ः१० मा सकिनेछ भने दोस्रो सिफ्ट १ः०० बजे सुरु भई ३ः४० मा सकिने छ । परीक्षा सञ्चालन गर्न एचआरडी कोरियाका उपाध्यक्षको नेतृत्वमा ५२ जनाको टोली काठमाडौं आएको छ । 

नेपालीका लागि कोरियाको रोजगारी आकर्षक छ । दुई देशका सरकारबीच सम्झौता भई कामदार पठाउने यो मोडलले कामदारलाई निक्कै फाइदा भएको छ । कोरिया जानेले लगभग एक लाख खर्च गर्नुपर्छ भनें मासिक कमाई मासिक न्यूनतम पनि १ लाख माथि छ । हाल कोरियामा झण्डै २८ हजार नेपाली कार्यरत छन् । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय