
काठमाडौं, असोज १- पेट्रोलियम पदार्थको मूल्यमा लगातार गिरावट आइरहेको अवस्थामा खाडीका देशमा आगामी बर्ष कामदारको तलवमा कस्तो वृद्धि होला भन्ने अहिले खाडीमा कार्यरत कामदारको ठूलो चासो छ । हालै गरिएको एक सर्वेक्षणले भनें यसबर्ष भन्दा आगामी बर्ष तलव बढी बढ्ने देखाएको छ ।
६ सय वटा विभिन्न ठूला साना कम्पनीहरुबीच गरिएको सर्वेक्षणले सन् २०१६ मा कामदारको सरदर ५ प्रतिशत तलव वृद्धि हुने देखाएको छ । यसबर्ष ४ दशमलव ८ प्रतिशत तलव बृद्धि भएको थियो । एओन हेविट नामको संस्थाले गरेको सर्वेक्षणमा यस्तो देखिएको हो ।
सर्वेक्षण गर्ने संस्थाका अनुसार युएईका कम्पनीहरु सरकारले दिने गरेको अनुदान, लागत खर्चमा भएको वृद्धि, लगानी वृद्धि लगायतले चर्को दवावमा भनें छन् । युएईले हालै ईन्धनममा दिंदै आएको अनुदान हटाएको छ भनें मूल्य अभिवृद्धि कर लागु गर्न अन्तराष्ट्रिय मुद्रा कोषको दवावमा छ । युएईमा रहेका कम्पनी सरकारलाई कर लगाउन परिरहेको वाह्य दवाव, पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएपछि भएको अनुदान कटौति तथा ठूला परियोजना सञ्चालनमा आएको सुस्तताका कारण ठूला कम्पनीहरु निक्कै दवावमा छन् सर्वेक्षण गर्ने संस्थाले भनेको छ ।
एओन हेविटका खाडी देशकको सर्वेक्षण म्यानेजर रोवर्ट रिचर्टका अनुसार सन् २०१६ कम्पनीहरुका लागि धेरै आशाप्रद नरहेपनि तलवमा हुने ५ प्रतिशत वृद्धि कामदारका लागि भनें खुशीकै सन्देश हो । स्थीतिमा फेरवदल भए यो भन्दा केहि बढी वृृद्धिको अपेक्षा कामदारले राख्नसक्ने रिचर्टले बताएका छन् ।
खाडीका देशमध्ये कुवेतमा सवैभन्दा बढी ५ दशमलव २ प्रतिशत तलव वृद्धिको पूर्र्वानुमान गरिएको छ । त्यसपछि साउदी अरवमा ५ दशमलव १ प्रतिशत तलव वृद्धि हुने अनुमान छ । सवैैभन्दा कम बहराइनमा ४ दशमलव ७ प्रतिशत तलव वृद्धिको अनुमान छ ।
यो पनि पढ्नुहोस्
कतारमा आगागी वर्ष कति बढ्ला तलव ? (सर्वेक्षण रिपोर्ट)