५ लाख ७३ हजार क्षतीपूर्ति तिर्न कम्पनी सहमत 

काठमाडौं, असोज १- अन्नपूर्ण हिमाल आरोहणका क्रममा हातको तीनवटा औंला गुमाएका एक श्रमिकले क्षतिपुर्ति वापत ५ लाख ७३ हजार पाएका छन् । जिफण्ट आवद्ध नेपाल टे«किङ, ट्राभल्स,¥याफटिङ, एयरलाईन्स मजदूर यूनियन (यूनिट्राभ)को मध्यस्थतामा सो सहमति भएको हो । 

ड्रिमर्स डेस्टिनेशन ट्रेक एण्ड एक्पिडिसन प्राली, काठमाडौंका लागि पर्वतारोहण सहयोगि भएर गएका आङगेली शेर्पाले सो क्षतिपूर्ति रकम पाएका हुन् । उनी सन् २०१५ को बसन्त ऋतुमा अन्नपूर्ण हिमाल आरोहणमा गएका थिए । हिमाल आरोहणका क्रममा उनका दाहिने हातका तीनवटा औंला हिउँले काम नलाग्ने बनाइदिएको थियो । 

कम्पनीले उनलाई यसअघि ३ लाख क्षतीपूर्ति दिने गरी कागज गराएको थियो । तर उनले त्यसका बारेमा जिफण्टमा जानकारी गराएपछि यूनिट्राभका महासचिव सुमन पराजुलीको मध्यस्थतामा भएको वार्तामा क्षतीपूर्ति र सहयोग सहित ५ लाख ७३ हजार श्रमिकलाई उपलव्ध गराउन कम्पनी सहमत भएको हो । सोसँगै शेर्पाको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्न पनि कम्पनी तयार भएको छ ।   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय