कतारमा आगागी वर्ष कति बढ्ला तलव ? (सर्वेक्षण रिपोर्ट)

काठमाडौं, असोज १- ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत कतारमा आगामी बर्ष(सन् २०१६) मा कति तलव बढ्ला ? धेरैै नेपालीका लागि चासोको विषय हो । हालै गरिएको एक सर्वेक्षणले कतारमा सन् २०१६ मा सरदर ५ प्रतिशत तलव वृद्धि हुने देखिएको छ । 

एओन हेविट नामको संस्थाले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । खाडीका ६ सय ठूला साना कम्पनीहरु वीच गरिएको सर्वेक्षण पश्चात यो नतिजा सर्वजनिक गरिएको हो । यसमा कतारका ६८ वटा कम्पनीहरु वीच सर्वेक्षण गरिएको थियो । 

ओमान तथा युएईका कम्पनीहरुले पनि कामदारको तलव सरदर ५ प्रतिशत वृद्धि गर्ने योजना बनाएको सो सर्वेक्षणले देखाएको छ । 

कुवेतमा भनें आगामी वर्ष खाडी देशमै सवैभन्दा बढी तलव वृद्धि गर्ने योजना छ । कुवेतका कम्पनीहरुले सन् २०१६ मा सरदर ५ दशमलव २ प्रतिशत तलव वृद्धिको योजना बनाएका छन् । यसैगरी साउदीका कम्पनीहरु ५ दशमलव १ प्रतिशत तलव वृद्धिको योजनामा छन् ।   

खाडीका देशहरुमा पछिल्ला केहि वर्षयता कामदारको तलव वृद्धि घट्दै गएको छ । सरदरमा हरेक वर्ष कामदारको तलव वृद्धि शुन्य दशमलव ५ प्रतिशतले घट्दै गएको देखिएको छ । उदाहरणका लागि कतारका कम्पनीहरुले सन्  २०१४ मा ५ दशमलव ६ प्रतिशत तलव तलव वृद्धिको योजना बनाएका थिए । वास्तवमा भनें ५ दशमलव १ प्रतिशत तलव वृद्धि भएको थियो । 

सन् २०१५ मा पनि ५ दशमलव १ प्रतिशत तलव वृद्धि गर्ने योजना कम्पनीहरुले सार्वजनिक गरेपनि वास्तवमा भनें कामदारको तलव केवल ४ दशमलव ७ प्रतिशत मात्र वृद्धि भएको थियो । यहि कायम रहे सन् २०१६ मा कामदारको तलव अझ कम वृद्धि हुने निश्चित छ । त्यसो भएमा कतारमा अघिल्लो बर्ष भन्दा कम मात्रैै तलव बढ्ने छ जुन ४ दशमलव ५ प्रतिशत मात्र हुनेछ । 

तर यसअघि गरिएको अर्को एक सर्वेक्षणले भनें कतार लगायतका खाडीका मुलुकमा यो भन्दा बढी तलव वृद्धि हुने देखाएको छ । अघिल्ला बर्षहरुमा भन्दा बढी कामदार चाहिने भएकाले कतारमा कामदारको तलव अझ बढी बृद्धि हुने सो संस्थाको पूर्वानुमान छ । सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्न गइरहेको कतारमा कामदारको माग उच्च छ । निर्माण क्षेत्रमा काम उच्च भए पनि पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण थुप्रैै कम्पनीहरुले आफ्ना ठूला परियोजना स्थगित वा रद्ध गरेका कारण त्यसले भनें केहि प्रभाव पार्र्ने सो सर्वेक्षणले देखाएको छ । 

कतारका लागि दक्ष र उपयोगि कामदारलाई आकर्षित गर्नु र राम्रो दक्षता भएका कामदारलाई कतारमै टिकाइराख्नु ठूलो चुनौति भएको सो सर्वेक्षणमा उल्लेख छ । कामदारका लागि युएई पश्चात कतार दोश्रो आकर्षक मुलुक भएको गल्फ ट्यालेण्ट नामको सो सर्वेक्षणले देखाएको छ । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय