कतार र युएई कामदारलाई धेरै तलव दिने मुलुक ! 

काठमाडौं, भदौ ३०- कतार र युएईले विश्वमै आप्रवासी कामदारलाई धेरै तलव दिने गरेको एक अध्ययन मार्फत सार्वजनिक गरिएको छ । ईसीए नामक संस्थाले एक अध्ययन मार्फत यस्तो बताएको हो । विश्वका विभिन्न कम्पनीले अध्ययन रिपोर्टलाई आधार मान्ने गरेको ईसिए ख्यातीप्राप्त कम्पनी हो । तर सो कम्पनीले गरेको अध्ययनले धेरैजसो नेपालीले काम गर्ने न्यून कमाई हुने कामलाई आधार बनाएको भनें होइन । यसले अध्ययनका लागि कम्पनीहरुमा कार्यरत मध्यम तहका व्यवस्थापकले पाउने तलव, सुविधालाई अध्ययनको आधार बनाएको हो । 

हुन त केहि देशमा कामदारले कतार र युएई भन्दा कुलमा धेरै तलव पाएपनि कामदारको हातमा पर्ने कुल रकम भनें खाडीका यीनै दुई देशमा बढी हुने गरेको समाचारमा दावी गरिएको छ । कतार र युएईमा कामदारको तलवमा कुनै कर नलाग्ने भएका कारण ति देशमा कामदारले बढी प्राप्त गर्ने गरेको कतारडे डटकमले सो अध्ययनलाई आधार बनाउँदै समाचार लेखेको छ । 

कतार खाडीका देश मध्ये सवैभन्दा धेरै तलव आफ्ना कामदारलाई दिने देशको सूचीमा अग्रस्थानमा रहेको समाचारमा उल्लेख छ । ईसिएको पछिल्लो तथ्याँक अनुसार सन् २०१४ मा कतारमा कामदारको तलव बृद्धि राम्रो रहेको समेत जनाइएको छ । 

सन् २०१४ मा खाडीका देश मध्ये साउदी अरेविया, युएई र कुवेतमा सन् २०१४ मा सवैभन्दा बढी कामदारको तलव बृद्धि भएको छ । तलव वृद्धिको अध्ययनको आधार भनें कम्पनीहरुमा मध्यमस्तरमा रहेका व्यवस्थापकहरु रहेका कारण यसमा धेरै नेपाली भनें नपरेको सहजै अनुमान गर्न सकिन्छ । 

अध्ययनमा तलव, सुविधालाई आधार बनाइएको छ । समग्रमा बेलायतले आप्रवासी कामदारलाई धेरै तलव, सुविधा दिने गरेको देखिएको छ । तर उच्च करदरका कारण कामदारले ठूलो रकम सरकारलाई तिुर्नपर्छ । 

धेरै तलव, सुविधा दिनेमा जापान दोश्रो स्थानमा छ । त्यसपछि फ्रान्स, अस्टेलिय, ब्राजिल मुख्य ५ देशमा रहेका छन् । तर ति देशले पनि तलव, सुविधामा भारी मात्रामा कर लगाउने गर्दछन् । तर कतारमा भनें कामदारको तलवमा कुनै कर नलाग्ने भएका कारण उनीहरुले पाउने तलव पूरै कामदारको हातमा पुग्ने भएका कारण कामदारले बढी पाउने गरेको अध्ययनमा भनिएको छ । 

एकहजार कतारमा कमाउँदा पूरै १ हजार कामदारको हातमा परेपनि त्यहि १ हजार कमाईमा अमेरिकामा ६ सय ६० रुपैंयाँ, बेलायतमा ६ सय ७० रुपैंयाँ, भारतमा ७ सय २० रुपैंयाँ कामदारको हातमा पुग्ने समाचारमा देखाइएको छ ।     

तर कतार आप्रवासी कामदारलाई थोरै तलवमा कडा श्रम गराउने मुलुकका रुपमा चित्रित छ । यसले नेपाली लगायत दक्षिण एसियाबाट श्रमिक मगाएर सस्तोमा काम लगाउने र आधुनिक दास बनाएको भन्दै आलोचित छ ।  

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय