यसरी पनि गुम्न सक्छ रोजगारी !

नयाँ दिल्ली । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाले ‘तौल बढि भएको’ भन्दै १ सय २५ क्याबिन क्रु मेम्बर (चालक दलका सदस्य)लाई कामबाट हटाएको छ । भारतीय नागरिक उड्डन प्राधिकरणको गत वर्षको निर्देशनका आधारमा ती कर्मचारीलाई कामबाट हटाइएको एयर इण्डियाले जनाएको छ ।

‘एयरलाइन्सले गत वर्ष नै ६ सय क्याबिन क्रु मेम्बरलाई तौल घटाउन भनेपनि  ती १ सय २५ जनाले निर्देशन अनुसारको तौल कायम गर्न नसकेकाले कामबाट हटाइएको हो’ एयर इण्डियाका अधिकारीलाई उधृत गर्दै बिबिसीले जनाएको छ । 

कम्पनीले यो मुद्दा कर्मचारीको तौलको मात्रै नभएको भन्दै ‘तन्दुरुस्तीको भएको’ पनि स्पष्ट पारेको छ ।   एयरलाइन्सका अधिकारीहरुले कर्मचारीको तौल सन्तुलन गर्ने विषयमा आन्तरिक सर्कुलर भएको र त्यो बाहिर नआउने पनि जनाएका छन् । 

एयर इण्डियाका अधिकारीहरुले त्यस्ता ‘अनफिटु कर्मचारीहरु’ले आपतकालीन अवस्थामा प्रभावकारी काम गर्न नसक्ने पनि उल्लेख गरेका छन् । भारतका उड्डयन विज्ञ कपिल कौलले धेरै तौल भएका क्याबिन क्रु मेम्बर रहेका एयरलाइन्स नै फिट नहुने टिप्पणी गरेका छन् । ‘धेरै तौल भएका क्याबिन क्रु मेम्बरले काम गर्ने एयरलाइन्स फिट हुँदैन । हरेक कम्पनीसँग स्वस्थ, तन्दुरुस्त र हल्कासँग काम गर्न सक्ने कामदार चाहिन्छ । जसले एयरलाइन्सको छवि पनि सुधार गर्छ’ उनले भनेका छन् । यद्यपि नेशनल ट्रेड युनियनका नेता तपन सेनले भने विमानका चालक दलका सदस्यमा तौलको सीमा तोक्ने कुनै नियम नभएको दावी गरेका छन् ।  

एयर इण्डियाले यसरी तौलकै विषलाई लिएर कर्मचारी कटौती गर्न लागेको यो पहिलो पटक भने होइन । कम्पनीले यसअघि सन् २००९ मा धेरै तौल भएको भन्दै ९ जना एयरहोस्ट्रेसलाई जागिरबाट बर्खास्त गरेको थियो । २००४ मा पनि यो कम्पनी विवादमा फसेको थियो । त्यतिबेला कम्पनीले एयरहोस्ट्रेस र केही प्रबन्धकहरुको अनुहारमा कुनै ठुलो घाउ चोट, दाग वा छालामा कुनै खराबी तथा अनुहारमा कुनै चिन्ह हुन नहुने नियम लागु गरेको थियो । 

विजमाण्डुबाट साभार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय