जापानमा रोजगारी, १५ दिन भित्र आवेदन दिनुपर्ने 

काठमाडौं, भदौ ३०- जापानमा औद्योगिक प्रशिक्षार्थी कामदार अन्तर्गत ३ जनाका लागि रोजगारीको अवशर सहित नाप ईन्टरनेशनलले आवेदन माग गरेको छ । जिट्को अन्तर्गत जापानको टोकियोमा रहेको टोकियो ईन्टरप्राइज ईन्फरमेसन म्यानेजमेण्ट कोअपरेटीभ सोसाइटीमा पेन्टीङका लागि रोजगारी खुलेको हो । सो काम निर्माण क्षेत्रको पेन्टीङको भएको सुचनामा जनाइएको छ । 

दैनिक कार्यसमय ८ घण्टा र मासिक तलव १ लाख १८ हजार भन्दा माथि हुने जनाइएको छ । ईच्छुक व्यक्ति १८ बर्ष पुरा भइ ४० बर्ष ननाघेको, नेपालमा कुनै प्रतिष्ठान, कृषि सहकारी वा सेवा तथा बस्तु उत्पादन व्यवसायमा २ बर्ष काम गरेको हुनुपर्नेछ । सो काममा जानका चाहनेले केवल ५० हजार शुल्क बुझाउनु पर्नेछ । थप जानकारी नाप ईन्टरनेशनल प्राली, सामाखुसीबाट लिन सकिनेछ ।   

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: