एनआरएनए कोरियाको अधिवेशन र निर्वाचनको मिति तय  

सोल, भदौ ३०- सोलस्थित नेपाल हाउसमा बसेको बैठकले एनआरएन कोरियाको पाँचौ अधिवेशन आउदो सेप्टेम्वर २० तारिकका दिन गर्ने निर्णय गर्दै निर्वाचन प्रकिया २९ तारिकमा गर्ने निर्णय गरेको छ । सो बैठकमा एसिया प्यासिफिक संयोजक गंगाराज राई, एनआरएन कोरियाका संरक्षक रुद्र शर्मा, आईसिसि प्रतिनिधि केपी सिटौला, एनआरएन अध्यक्ष बिनोद कुँवर, अध्यक्षका प्रत्यासीहरु राजु क्षेत्री, ध्यान राई, रबिन तामाङ लगायत अन्य पदका प्रत्यासी उमेदवारहरु पनि उपस्थीत थिए । 

बैठकको निर्णय अनुसार कुनै पनि पदमा उमेरद्वार दिन चाहनेले २० तारिकमा नै मनोनयन पत्र बुझाउनु पर्ने छ । यस अघिको निर्वाचन मण्डलका सबै पदाधिकारीले गत बिहिबार साँझ एक बिज्ञप्ति प्रकाशित गरि एनआरएन कोरियाले निर्वाचन मण्डललाई पंजिकृत सदस्यहरुको अन्तिम नामावली, आर्थिक र कार्य प्रतिबेदन समयमा उपलब्ध गराउन नसकेको भन्दै राजिनामा दिएका थिए । त्यसपछि अधिवेशनको मितिमा अनिश्चिता देखिएको थियो । बैठकपछि एनआरएन कोरिया अध्यक्ष बिनोद कुँवरले अधिवेशन र निर्वाचनको मिति तय भएको जानकारी दिएका हुन् । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय