
काठमाडौं, भदौ २९- कुवेतमा एक नेपालीलाई तीन बर्ष जेल सजाय भएको कुवेतको एक अनलाइनले समाचार लेखेको छ ।
कुवेत टुडेले आफ्नो फेसबुक पेज मार्फत एक तस्वीर प्रकाशित गर्दै गैरकानूनी रुपमा अन्तराट्रिय टेलिफोन सेवा सञ्चालन गरेको अभियोग लागेको जनाएको छ । ति नेपालीलाई तीन बर्षको जेल सजाय भएको बताइए पनि उनको परिचय भनें खुलेको छैन । उनी ज्लीव क्षेत्रमा पक्राउ परेको जनाइएको छ ।
सो तस्वीर तथा सुचनामा टिप्प्णी गर्दै केहि व्यक्तिले धेरै भारतीय तथा पाकिस्तानीले यहि प्रकृतिको र ठूलो व्यवसाय सञ्चालन गरिरहँदा पक्राउ नगरिएपनि सानो व्यवसायको अभियोगमा नेपालीलाई भनें कडा दण्ड दिइएको लेखेका छन् ।