काठमाडौं, भदौ २८ -कतारको प्रशासन विकास मन्त्रालयले सेप्टेम्वर महिनाको तलव छिटो कामदारलाई दिन कम्पनीहरुलाई निर्देशन दिएको छ । उसले ईद अल अदा भन्दा अगाडी नै कामदारलाई तलव दिइसक्न मन्त्रालयले निर्देशन दिएको हो । ईद अल अदा आगामी सेप्टेम्वर २४ तारिकका दिन मनाइंदैछ ।
मन्त्रालयले कार्यरत कामदारसँगै पेन्सन पाएका कारदार, सामाजिक सुरक्षा पाउने व्यक्ति लगायतलाई सेप्टेम्वर २० भित्रै तलव दिइसक्न निर्देशन दिएको हो । कतार न्यूज एजेन्सीका अनुसार यसलाई कडाईपूर्वक कारवाहीमा लगिने छ ।
यो पनि पढ्नुहोस्
कतारमा सुरक्षा चिन्ता, नेपाली कामदार बोकेको मिनिवसमा आक्रमण