
सोल, भदौ २८- दक्षिण कोरियामा कम सुत्ने युवाहरूले आत्महत्याको बारेमा सोच्ने र आत्महत्याको योजना बनाउने गरेको एक अनुसन्धानले देखाएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा यहाँ प्रकाशित प्रतिबेदन अनुसार कोरियामा कम सुत्ने युवाहरूले बढी आत्महत्या गर्ने गरेको उल्लेख हो । विशेष गरी माध्यमिक विद्यालय र उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूमा यो समस्या देखिएको हो । उनीहरु औसत ६ घण्टा मात्र सुत्ने गर्छन । उल्जी विश्वविद्यालयका प्राध्यापक यू कि बोङ्का अनुसार ७ घण्टा भन्दा कम सुत्ने बिद्यार्थीहरूले ७ घण्टा सुत्नेहरूभन्दा १.५ गुणा आत्महत्याका बारेमा सोच्छन्। अनुसन्धानका अनुसार अपर्याप्त निन्द्राले युवाहरूलाई आत्महत्याको योजना बनाउन प्रेरित गर्छ। ७ घण्टा भन्दा धेरै सुत्नेहरूमा भन्दा ७ घण्टा भन्दा कम सुत्नेहरूमा आत्महत्याको योजना बनाउने कार्य १.७ गुणाले बढी हुन्छ।
यस अनुसन्धान २०११ देखि २०१३ सम्म गरी कोरियाका १४ देखि १९ वर्ष सम्मका १ लाख ९१ हजार ६ सय ४२ युवाहरूमा गरिएको अनुसन्धानमा आधारित तथ्यांक हो । उक्त अनुसन्धान ब्रिटिस जर्नलमा समेत प्रकाशित छ ।
कोरियन सोसाइटि अफ स्लिप मेडिसिनका अनुसार कोरियन विद्यार्थीहरू दिनमा औसत ६.६५ घण्टा सुत्छन्, कोरियामा स्कूल विद्यार्थीहरू मर्नुको पहिलो कारण आत्महत्या र त्यसपछि मात्र दुर्घटना र क्यान्सरका कारणले मर्छन्।
द कोरिया टाइम्सका अनुसार विद्यार्थीहरू पर्याप्त सुत्न नपाउनुको मुख्य कारण उच्च अंक प्राप्तिको लागी बाबुआमाबाट पढाईको प्रेसर रहेको छ । विश्वविद्यालय प्रवेश परिक्षाको लागी विद्यार्थीहरू स्कूल अथवा ट्यूसनमा धेरै समय बिताउने गरेका छन् ।
राम्रो विश्वविद्यालयबाट स्नातक गरेमा उज्जवल भविष्य अनि समाजमा प्रतिष्ठित हुने र जसले स्नातक गर्न सक्दैनन् तिनीहरूबाट कतिले चाहिं आत्महत्या गर्छन् । लेखक यू का अनुसार निंद्राको समयले आत्महत्या मूल्याङ्कन गर्ने हुदाँ स्कूल र बाबुआमाले आफ्ना विद्यार्थी अथवा छोराछोरीलाई ७ घण्टा सुत्नलाई प्रेरित गर्नुपर्छ ।
आत्महत्याको अनुपात युवाहरूमा मात्र नभई उमेर ढल्केका मानिसहरूलाई पनि प्रभाव पारेको छ । २०१३ को तथ्याङ्क अनुसार १४ हजार ४ सय २७ जनाले आत्महत्या गरेका थिए ्र यसको अर्थ १ लाख जनामा २८.५ जनाले आत्महत्या गर्नु हो ।
सरकारलाई आत्महत्या रोकथाममा ध्यान पुर्याउन विशेषज्ञहरूले सुझाव दिएका छन् । आत्महत्याको अनुपात उच्च हुनु भनेको मानिसहरू जीवनलाई कठिन सम्झनु हो। विशेषज्ञहरुले भनेका छन् ‘यो कुनै व्यक्तिगत समस्या नभई जटिल सामाजिक समस्या भएकोले सरकारले यसलाई सम्बोधन गर्नुपर्छ’ आत्महत्या रोकथाम हुन नसक्नुमा ती बिशेषज्ञहरुले अपर्याप्त बजेटलाई मानेका छन् । कोरियन सरकारले यस वर्ष आत्महत्या रोकथामको लागी ८.९ अर्ब वन मात्र छुट्याएको छ । जापानी सरकारले हरेक वर्ष यस विषयमा ३ सय अर्ब वन् छुट्याउने गर्दछ ।
फोनिज कोरियाबाट