प्रवासी नेपालीको अध्यक्षमा कार्की  

काठमाडौं, भदौ २७ -प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी)को नयाँ अध्यक्षमा कुलप्रसाद कार्की चयन भएका छन् । शनिवार भएको समितिको साधारणसभाले कार्कीलाई नयाँ अध्यक्षका रुपमा छनौट गरेको हो । 

साधारणसभामा मतदान मार्फत कार्की अध्यक्षमा चुनिए । कविन्द्र काफ्लेलाई हराउँदै कार्की अध्यक्षमा विजयी भएका हुन् । यसैगरी उपाध्यक्षमा गौसरी पुन विजयी भएकी छिन् । उनले तारादेवी सुवेदीलाई पराजीत गरिन् । महासचिवमा नारायण पोखरेललाई हराउँदै सोमप्रसाद लामिछाने विजयी भए । 

बाँकी पदमा निर्विरोध भएको थियो । सचिवमा धिरेन्द्र चौधरी, कोषाध्यक्षमा देवीप्रसाद खत्री निर्विरोध भए । यसैगरी सदस्यहरुमा रमा खनाल र विष्णु आले पनि निर्विरोध निर्वाचित भए । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय