
काठमाडौं, भदौ २६ – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवमा वर्तमान युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले आगामी कार्यकालको लागी आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
झन्डै डेढदशक देखि बेल्जियममा व्यवसाय सञ्चालन गर्दै आइरहेका श्रेष्ठले आफू १० बर्ष देखि संघको अभियानमा समाहित भएको उल्लेख गर्दै ‘बिदेशमा रहेका नेपालीहरुको हित र महाभूकम्पबाट प्रभावित मुलुक पुनर्निर्माण कार्यमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।
मुलुक पुनर्निर्माणमा रहेकाले एनआरएनसँग पनि साथै रहेर काम गर्ने चुनौति रहेको उल्लेख गर्दै त्यसको सामना गर्न आफू तयार रहेको बताए । उनले राष्ट्रिय समन्वय परिषदबीच समन्वयन र सहकार्य गरी टिमवर्कको रुपमा काम गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
एनआरएनको आगामी अक्टोवर १४ देखि १७ सम्म काठमाडौंमा विश्व सम्मेलन हुँदैछ ।
श्रेष्ठले मुलुकमा परेका प्राकृतिक बिपत्तिका साथै राजनीतिक एंव सामाजिक रुपान्तरणमा आफू रहयोगी भूमिकामा रहेको बताउँदै युरोपमा विकसित हुँदै गएको नेपाली समूदायमा नेपाली भाषा-साहित्य, कला-संस्कृति, कुटनीतिक विस्तारमा अझै पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।
कान्तिपरबाट