
सोल, भदौ २५- गैर आवाशीय नेपाली संघ दक्षिण कोरियाको अधिबेसनका लागि गठन गरिएको निर्वाचन मण्डलका सबै पदाधिकारीले राजीनामा दिएका छन् । बिहिबार साँझ एक बिज्ञप्ति प्रकाशित गरि निर्वाचन मण्डलका सात जनाले सामुहिक राजिनामा दिएका हुन् ।
एनआरएन कोरियाको बर्तमान कार्य समितिले समयमा निर्वाचन मण्डललाइ आवश्यकीय कागजात उपलब्ध गराउन नसकेका कारण पद जिम्मेवारीबाट बाहिरिएको बिज्ञप्तिमा उल्लेख छ । पंजिकृत सदस्यहरुको अन्तिम नामावली, आर्थिक र कार्य प्रतिबेदन प्राप्त हुन नसकेकोले निर्वाचन गर्न नसकिने बिज्ञप्तिमा उल्लेख छ ।
यहि शनिबार र आइतबारलाइ तोकिएको अधिबेसनका लागि व्यवसायी रुद्र शर्माको संयोजकत्वमा सात सदस्यीय निर्वाचन मण्डल गरिएको थियो । निर्वाचन पुर्व देखिएका अस्वस्थ गतिबिधि र पद लोलुपपता हाबी भएकोले असहज परिस्थितिमा निर्वाचन गर्न निर्वाचन मण्डल सक्षम नहुने हुँदा राजिनामा गरिएको संयोजक शर्माले जानकारी गराए ।
‘फोहोरो खेलको साक्षी बस्नुभन्दा राजिनामा दिनु उपयुक्त ठाने’ शर्माले भने । एनआरनएन कोरियाका अध्यक्ष बिनोद कुँवरले कागजात समयमा उपलब्ध गराउन नसकेको स्वीकार्दै भने फर्महरु पुन परीक्षण गर्न परेकोले ढिलो हुन गयो ।
एनआरएन कोरियाको अधिबेसन निर्वाचन मण्डलका लागि शर्माको संयोजकत्वमा डा देबी बहादुर बस्नेत, तारा के सी, गिरिराज कुँवर, सागर न्यौपाने, झकबहादुर थापा र बिमल सुबेदी सदस्य रहेको समिति एक महिना अघि गठन गरिएको थियो ।
फोनिज कोरियाबाट