प्रहरी कुटेको अभियोगमा १८ जना नेपाली पक्राउ 

काठमाडौं, भदौ २५- एकजना पुरुष प्रहरीमाथि कुटपिट गरेको आरोपमा मलेसियाको पेनाङबाट १८ जना नेपाली पक्राउ परेका छन् । गत आइतबार बेलुका बुकित तेङ्गाहमा रहेको कुखुरा दाना प्रशोधन हुने कारखाना परिसरमा ती प्रहरीमाथि कुटपिट भएको आरोपमा पक्राउ परेका उनीहरु रिहा भए वा नभएकोबारे कुनै जानकारी पाइएको छैन । घटना के कारणले भयो, भन्नेसमेत उल्लेख गरिएको छैन ।

खोसिम हत नाम गरेका ५६ वर्षीय प्रहरीमाथि भएको कुटपिट घटनापछि ती नेपालीहरुसहित चार भियतनामी महिला र एक इण्डोनेसियाली नागरिकसमेत पक्राउ परेका स्थानीय समाचार संस्था बर्नामाले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ ।

कुटपिटपछि ती प्रहरी अर्धचेत अवस्थामा भेटिएका र उनलाई सहकर्मीहरुले उद्धार गरि अस्पताल पुऱ्याएको उल्लेख गरिएको छ । उनको टाउको र शरिरमा गम्भीर चोट लागेको छ । करङसमेत भाँचिएको र टाउको अगाडि भागमा पाँच टाँका लगाइएको छ ।

गत साता बुधबार मलक्काको तामन तासिक उतमा अपार्टमेन्टमा चक्कु देखाएर प्रहरीलाई चेतावनी दिने अर्का एक नेपाली युवालाई समेत प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले घटनाहरुको अनुसन्धान भइरहेको जनाएको छ ।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय