लगातार ओरालो लाग्यो रिंगेटको भाउ

काठमाडौं, भदौ २४- मलेसियाको मुद्रा रिंगेटको खरिदविक्रि मूल्य निरन्तर ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले तोकेको मूल्य अनुसार विहिवारका लागि रिंगेटको खरिद मूल्य २४ रुपैंया ५० पैसा छ भनें विक्रि मूल्य २४ रुपैंया ६४ पैसा छ । 

अघिल्लो महिना आजकै दिन रिंगेटको खरिद मूल्य २६ रुपैंयाँ थियो भनें विक्रि मूल्य २६ रुपैंया ८ पैसा थियो । दुई महिना अघि झण्डै २७ रुपैंया खरिदविक्रि मूल्य रहेको थियो । रिंगेटको मूल्य घट्दा धेरै नेपाली कार्यरत मुलुक मलेसियाबाट नेपालीले कमाएर घरपरिवारलाई पठाउँदा प्राप्त हुने रकम(रेमिट्यान्स) मा असर पर्छ । 

युएई दिरामको भनें यसबीचमा मूल्य बढेको छ । दुई महिना अघि २७ रुपैंयाँ ५७ पैसा रहेको दिरामको मूल्य विहिवार २९ रुपैंयाँ पुगेको छ । यसैगरी कतारी रियाल २९ रुपैंयाँ ११ पैसा खरिद मूल्य तोकिएको छ भनें साउदी रियाल २८ रुपैंयाँ २६ पैसा रहेको छ । 

यो नेपाल राष्ट्र बैंकले तोकेको आधार मूल्य हो । यसमा केहि थपघट गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय