ईजरायलका लागि रोष्टर बनाउन थाल्यो सरकार

काठमाडौं, भदौ २४ -रोजगारीका लागि ईजरायल जाने उद्धेश्यले केयरगिभर तालिम लिएकाहरुको सरकारले रोष्टर तयार पार्न थालेको छ । श्रम तथा रोजगार मन्त्रालय मातहतको बैदेशिक रोजगार विभागले सुचना प्रकाशित गर्दै सरकारी स्वीकृति लिएका तालिम प्रदायक संस्थाहरुबाट केयरगिभरको तालिम लिएका व्यक्तिलाई आफ्नो तालिमको प्रमाणपत्रको प्रतिलिपि र विभागले तयार पारेको फारम भरी विभागमा पठाउन सुचित गरेको छ । 

विभागका प्रवक्ता बद्रीकुमार कार्कीका अनुसार यसअघि केयर गिभरको तालिम लिएका व्यक्तिले आफ्नो प्रमाणपत्रको प्रतिलिपि र विभागको वेभसाइटमा राखिएको विवरण भरेर सकेसम्म छिटो विभागको ईमेल ठेगानामा पठाउनुपर्नेछ । यसअघि नेपाल सरकार र ईजरायल सरकारबीच सरकारी तवरबाट केहि केयरगिभर पठाउने सहमति भइसकेको छ । दुई देशका सरकारबीच सहमति भइसकेको अवस्थामा यसअघि नै कति व्यक्तिले त्यस्तो तालिम लिएका छन् भन्ने यकिन गर्न रोष्टर बनाउन लागिएको प्रवक्ता कार्कीले बताए । 

दुई देशका सरकारबीच सहमति पत्रमा हस्ताक्षर भएपश्चात केहि व्यक्तिले ईजरायल पठाइदिने भन्दै रकम समेत उठाउन थालेको सन्दर्भमा यसमा सचेत रहन पनि विभागले आग्रह गरेको छ । कुनै पनि म्यानपावर कम्पनी वा एजेण्टले त्यसरी कामदार पठाउन नसक्ने भएकाले कसैसँग पनि यससम्वन्धि कारोवार नगर्न विभागले सचेत गराएको छ ।  

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय