कतारमा जुलाईमा ३२ नेपालीको मृत्यु  

काठमाडौं, भदौ २३- जुलाई महिना कतारमा कार्यरत नेपालीका लागि दुःखद महिना सावित भयो । सो महिनामा कतारमा कुल ३२ नेपालीको मृत्यु भएको त्यहाँको सरकारी निकायले जानकारी दिएको छ । 

मृत्यु हुने मध्ये बहुसंख्यक निर्माण क्षेत्रमा काम गर्नेहरु रहेको जनाइएको छ । मृत्यु भएका ३२ जना मध्ये १३ जनाको मृत्युको कारण मुटु सम्वन्धि समस्या भएको दोहा स्थीत नेपाली दुतावासलाई उधृत गर्दै दोहान्यूजले समाचार लेखेको छ । 

कलिलो उमेरमा काम गर्न आएकाहरुले कार्यबोझ सहन नसक्नु तथा बस्ने स्थान ठिक नहुनु नै मृत्युको प्रमुख कारण रहेको नेपाली दुतावासका अधिकारीहरुले जनाएका छन् । धेरै नेपाली पोषणयुक्त खाना र पर्याप्त पानी समेत पिउन नपाउने अवस्थामा काम गरिरहेका छन् तथा कतारको चर्को गर्मीमा त्यसरी काम गर्नुपर्दा नेपालीको मृत्यु बढिरहेको छ नेपाली अधिकारीलाई उधृत गर्दै समाचारमा लेखिएको छ । 

मृत्यु भएका नेपाली मध्ये १३ जनाको मुटुसम्वन्धि समस्या, ११ जनाको सडकमा दुर्घटनामा परेर तथा आठ जनाको मृत्यु कार्यथलोमा दुर्घटनामा परेर भएको जनाइएको छ । कतारमा नेपाली कामदारको संख्या बढ्दो क्रममा छ । सन् २०२२ मा हुने विश्वकप फुटवल प्रतियोगिताका कारण निर्माणको क्रम तिव्र भएको कतारमा निर्माण क्षेत्रमा कामदारको ठूलो माग छ । कतारमा कार्यरत अदक्ष र न्यून आय हुने कामदार मध्ये ३९ प्रतिशत नेपाली छन् । जवकी कतारमा सोही प्रकृतिको काममा भारतीय कामदारको संलग्नता भनें घटिरहेको देखिएको छ ।  

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय