
काठमाडौं, भदौ २३ एक वर्ष अघि रोजगारीका लागि मलेसिया पुगेका धनगढी–१२ जुगेडा बि गाउँका लक्ष्मण विष्ट सुतेकै अवस्थामा मृत भेटिएका छन् । लक्ष्मणका बुबा लीलाधर विष्टका अनुसार भदौ २० गते बिहान सुतेका लक्ष्मण साँझ चार बजे मृत भेटिएका थिए ।
मलेसियाको अस्पतालले लक्ष्मणको मृत्युलाई कालगति भनेको लीलाधरले जानकारी दिएका छन् । एसएलसी पास गरेर मलेसिया गएका लक्ष्मण लीलाधरका जेठा छोरा हुन् । उनी १३ महिनादेखि मलेसियाको राजधानी क्वालालम्पुरस्थित जिएण्टी सेक्युरिटी सर्भिसमा काम गर्दै आएका थिए ।
पछिल्लो समयमा मलेसियामा नेपालीको मृत्युदर बढ्दै गएको छ । कार्यस्थलमा हुने दुर्घटना देखि खानपान र अत्यधिक कार्यसमयका कारण नेपालीको मृत्यु बढीरहेको जानकारहरु बताउँछन् ।