कतारमा सुरक्षा चिन्ता, नेपाली कामदार बोकेको मिनिवसमा आक्रमण

दोहा, भदौ २२ – कतारमा कार्यरत विभिन्न अन्तराष्ट्रिय निर्माण कम्पनी तथा ईन्जिनियरहरुले कतारमा सुरक्षा चिन्ता जनाउँदै त्यसमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । कतारमा हालै भएका दुई घटनामा बसमा सवार कामदार र चालकलाई लषित गर्दै आक्रमण गरिएका थिए । त्यसमध्ये एउटा घटनामा नेपाली कामदार परेका थिए । 

दुवै आक्रमण निर्माणाधिन क्षेत्रमा भएको थियो । सो परियोजनालाई अरविटल एक्सप्रेसवे भनिएको छ । सो निर्माण क्षेत्र अलखोर र उत्तरी दोहाको वीचमा पर्छ । सो क्षेत्रको काम सन् २०१७ मा सक्नेगरी भइरहेको छ । यसैगरी अर्को एउटा परियोजना अन्तर्गत कार्यरत मजदुरलाई लक्षित गर्दै अर्को आक्रमण गरिएको थियो । 

आक्रमणका बारेमा दुवै कम्पनीले आधिकारिक रुपमा भनें केहि जानकारी दिएका छैनन् । ति कम्पनीमा कार्यरत कामदारहरुले घटना सार्वजनिक गरेका हुन् । तर कतारमा सुरक्षित भएर काम गर्न कतार स्थीत अमेरिकी दुतावासले आन्तरिक जानकारी पत्र मार्फत आफ्ना नागरिकलाई सुचित भनें गरेको छ । आक्रमणमा परेको एउटा कम्पनी अमेरिकी कम्पनी हो । 

दोहा न्यूज लेख्छः सुचना अनुसार पछिल्लो आक्रमण गत शनिवार विहार ५ः३० मा भएको हो । सो समयमा नेपाली कामदार बोकेर गइरहेको एक मिनिवसलाई अलखरोरा सडकमा जीपले अकस्मात छेकेको थियो । त्यसपछि एक व्यक्तिले बन्दुक निकालेर गोली वर्साउन थालेको थियो । सो व्यक्तिको हालसम्म पहिचान नखुलाइएको समाचारमा जनाइएको छ । बस चालकलाई गाडीको फुटेको शिशाले सामान्य चोट लागेको थियो । घटनामा अन्य कसैलाई चोटपटक नलागेको समाचारमा उल्लेख छ । सो गाडीमा सवार सवै कामदारको चेकजाँच गरिएको थियो । 

आक्रमण गर्ने व्यक्ति पक्राउ परेर प्रहरी अनुसन्धानमा रहेको र उसका बारेमा थप कुनै जानकारी नदिइएको समाचारमा लेखिएको छ । 

यसअघि सोही क्षेत्रमा अर्को एक आक्रमण भएको थियो । विहान ५ बजे भएको घटनामा एक जीपमा आएका व्यक्तिले त्यसरी नै गाडीलाई रोकेर चालकलाई बाहिर निकालेर अन्धाधुन्द कुटपीट गरेका थिए । प्रहरीले ति व्यक्तिलाई पनि पक्रन सफल भएको थियो ।  

यी घटना पछि यसरी कुनै गाडीले बसलाई रोक्न खोजे नरोक्न कम्पनीहरुले आफ्ना चालकहरुलाई आदेश दिएका छन् । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय